Friday 17th of August | २०७५ भदौ १ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२०७४ चैत्र २५ गते आइतवार देखि २०७५ बैशाख १ गते शनिवार सम्मको साप्ताहिक राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत २५ आइतबार |
newsabhiyan
newsabhiyan

२०७४ चैत्र २५ गते आइतवार देखि २०७५ बैशाख १ गते शनिवार सम्मको साप्ताहिक राशिफल

मेषः
सफलता उन्मुख साता देखिएको छ । शुरुमा केही दबाब एवं कान्तिमा मलिनताको बाबजुत पनि भाग्योदय हुने र कामकार्य सम्पादन गर्नेे अवसर मिल्नेछ । धार्मिक एवं सामाजिक कार्य पनि सम्पादन गर्नसकिने छ । सोम र मङ्गलवार बढी महत्त्व दिएको काम होला होला हुने नहुने हुनसक्ने छ । ससाना कार्य भने बन्ने छन् । मानप्रतिष्ठा पनि बढ्ने र राजनीति एवं समाजसेवा एवं जागिर आदि क्षेत्रमा अनुकूल स्थिति सृजना गर्न मद्दत हुनेछ । बुध र बिहीवार व्यापार एवं व्यवसाय आदिबाट लाभ गर्न सकिनेछ । समयको दुपयोग गर्दै स्वकर्म एवं क्षेत्रमा बढी समय दिनु बुद्धिमानी हुनेछ । शनिवार केही प्रतिकूलता सृजना हुने र खर्चको भारपनि थपिने, काममा अबरोध आइपर्नसक्ने सम्भावना छ आवश्यक सावधानी अप्नाउनु होला । यो साता तपाईको लागि माँ भगवती र भगवान महावीर हनुमान एवं भैरवदेवको स्तुति आराधना गर्नुले ग्रहबाधा कम गर्न मद्दत हुनेछ । साथै श्रमजिवी जनलाई सहयोग गर्नुपनि उचित हुनेछ ।

वृषः
साताको शुरुमा स्वास्थ्यमा मन्दता आउनसक्ने छ । खानपिनमा निकै होसियारी अप्नाउनु पर्ला । दीर्घरोगीहरुले होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । कामकार्यमा पनि विभिन्न बाधाब्याबधानको सामना गर्न नपर्ला भन्न सकिन्न । तथापि आकस्मिक लाभको सम्भावना पनि रहेको छ भने संघर्षले उपलब्धि हातपार्न सक्नुहुनेछ । सोम र मङ्गलवार स्थितिमा सुधार आउने देखिएको छ । धर्मको बृद्धि हुने र व्यवसायिक क्षेत्रको बिकास हुन गई आर्थिकलगायतका लाभ एवं सफलता प्राप्त गर्न सकिने छ । क्रमशः मानसम्मान तथा अधिकार प्राप्तिको सम्भावना देखिन्छ । व्यापारव्यवसाय आदिबाट राम्रो आयआर्जन गर्नसकिने छ । विशेष साथसहयोग तथा समर्थक जुटाउन सकनुहुनेछ । यो साता तपाईले भगवान भैरवदेव एवं लक्ष्मीनारायणको श्रद्धाभक्ति एवं स्तुति गर्नुले राम्रा उपलब्धि हातपार्न मद्दत हुनेछ ।  

मिथुनः
शुरुमा द्वन्दको बाबजुत दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार आउने र मनोरञ्जनात्मक वातावरण बन्ने छ । रपनि अल्लि संयम अप्नाउनु जरुरी देखिन्छ । व्यवसायबाट लाभ हुने र व्यापारिक यात्रा हुनसक्ने सम्भावना छ । सोम र मङ्गलवार परिस्थितिमा केही प्रतिकूल महसूस हुनेछ, स्वास्थ्यमा समस्या पर्नसक्ने छ, मन्दाग्नि, उदरब्रण (अल्सर) का रोगीले आहार विहारमा ख्याल गर्न जरुरी छ । अन्य दीर्घरोगीले पनि ख्याल पुर्याउनु पर्ला भने सबैले सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । पुनः बुधवारबाट स्थितिमा केही सुधार आउने छ । रपनि मुख्यमुख्य काम प्रभावित हुनसक्ने गोचर छ । मानसिक दबाब पनि नपर्ला भन्न सकिन्न । शनिवार मानप्रतिष्ठा प्राप्त हुने तथा उच्चअधिकारीसँग सम्पर्क बढाउन सकिनेछ । कार्यक्षेत्र, समाजसेवा तथा राजनीतिमा केही सफलता मिल्नेछ । यो साता तपाईले भगवान हनुमान, गुरु गणपति साथै भैरवदेवको उपाशना गर्नुले अनिष्टकर ग्रहफललाई कम गर्न मद्दत हुनेछ ।

कर्कटः
साताको शुरुमा आरोग्यलाभ हुने र कान्तिबृद्धि हुनेछ । लौकिक वचस्व स्थापित हुने, शारीरिक जोश जाँगर बढेर आउने एवं प्रख्याति बढ्ने छ । रणनीतिक ढङ्गले विपक्षिलाई सम्झौतामा ल्याउन सकिनेछ । सोम र मङ्गलवार रङ्गराग बढ्ने तथा दाम्पत्य एवं प्रेम सम्बन्धमा सफलता मिल्नेछ । व्यापार व्यवसाय आदि पेशाकर्मबाट लाभ एवं उपलब्धि हातपार्न सकिने छ । यात्राको अवसरको पनि सम्भावना देखिएको छ । बुधवार पछि भने स्वास्थ्यमा प्रतिकूलता बढ्नसक्ने तथा कामकार्यमा पनि परिशानी हुनसक्ने छ । र पनि आकस्मिक लाभ एवं उपलब्धि पनि हुनेछ । शनिवार स्वास्थ्यमा सुधार आउने र अपेक्षित कार्यमा केही सफलता मिल्नेछ । यो साता तपाईको लागि आफ्नो इष्टदेवको स्तुति आराधना बढाउनु शुभकर हुनेछ ।


सिंहः
समयको सदुपयोग गर्नसकेको खण्डमा शुरुको दिन विद्यार्थीहरुले अध्ययनमा सफलता प्राप्त गर्नसकिने छ । गृहस्थी एवं व्यवसायीहरुको लागि पनि रोकिएर रहेको काम अघि बढ्ने एवं सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । सोम र मङ्गलवार गोचर केही अबरोधक देखिन्छ रपनि उपयुक्त उपाय अवलम्बन पूर्वक अघि बढ्नाले कामकार्यमा सफलता एवं लाभ मिल्ने छ । प्रतिस्पर्धामा केहीहद्सम्म सफल भइने र मान्छेहरुले प्रसंशा गर्नेछन् । बुधवार पछि प्रेम एवं दाम्पत्य सम्बन्धमा सुधार एवं समझदारी कायम हुने र विपरित लिङ्गीको साथसहयोगले कुनै विशेष कार्य सम्पादन हुनसक्ने छ । व्यापार व्यवसायकमा व्यवहारिक कुसलतालाई ध्यान दिनाले राम्रो लाभ गर्नसकिने छ । यात्राको अवसर मिल्नेछ । शनिवार स्वास्थ्यमा प्रतिकूलता सृजना हुनसक्ने छ, आहारविहारमा सावधानी अप्नाउनु पर्ला । कार्यव्यवहारमा पनि संयमित भएको राम्रो हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायणको दर्शनभक्ति स्तुति आराधना गर्नु लाभप्रद हुनेछ ।

कन्याः
शुरुको दिन अल्लि ख्याल गर्नुपर्ने समय छ । विघ्नबाधा, वादविवाद एवम् पारिवारिक असमझदारीको सामना गर्नुपर्ने देखिन्छ । सोमवारबाट अनुकूलताको क्रम बढ्ने छ । समयको सदुपयोग गर्न खोज्नेहरुले लेखन एवं अध्ययनमा सफलता प्राप्त गर्नसक्ने छन् । कसैकसैलाई ज्ञानोन्मादको पनि सम्भावना रहने छ । अन्यत्र समय दिँदा आफ्नो कार्य अधुरो रहनपनि सक्नेछ । सन्तानको क्षेत्रबाट पनि सन्तोष जनक व्यवहार मिल्नसक्ने छ । क्रमशः आफन्तिजनको शुभ समचार प्राप्त गर्न सकिनेछ । पुरुषार्थ बढ्नेछ, थातिरहेका केही काम बन्नेछन् । दाम्पत्य तथा प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । विपरित लिङ्गीको साथसहयोग मिल्ने देखिएको छ । व्यवसायिक धन्दा आदिबाट केही उपलब्धि हुनेछ । यो साता तपाईको लागि महावीर हनुमान, बिघ्नविनाशक श्री गणेश र भगवान सूर्यको स्तुति एवं उपाशना गर्नु शुभप्रद हुनेछ ।

तुलाः
आइतवार पुरुषार्थकर गोचर देखिएको छ । साहस बढ्ने र पुरुषार्थ गर्ने आँट आउने छ । खेलकुद आदि प्रतिस्पर्धाजन्य कार्यमा सफलता मिल्ने छ । सोम र मङ्गलवार अल्लि जोखिमपूर्ण देखिएको छ । बोलीव्यवहार आदिमा सजग हुन जरुरी हुनेछ । अनपेक्षित लाभ एवं उपलब्धि हुनसक्ने कुरालाई भने नकार्न सकिन्न । बुधवारबाट बुद्धिमतापूर्वक अघि बढ्नेहरुको लागि समय उपलब्धिमूलक नै हुनेछ । विद्यार्थीले अध्ययनको क्षेत्रमा सफलता प्राप्त गर्नसकिनेछ । बोलीबाठो हुनखोज्दा गोपनीयता खुस्कनसक्ने तर्फ चनाखो हुन जरुरी देखिन्छ । कसैकसैलाई अर्काको चियोचर्चोमा भुल्दा आफ्नो मुख्यकाम थाति रहनसक्ने पनि देखिन्छ । शनिवार स्वास्थ्यमा आरोग्यलाभ हुने, प्रतिस्पर्धिका विरुद्ध खरो उत्रनसकिने र कार्यक्षेत्रमा पनि सफलता मिल्ने छ । घाऊखटिरा तथा नशारोगको सामना गर्न भने पर्नसक्ने छ । यो साता तपाईले भगवान भैरवदेवको स्तुति आराधना एवं उपाशना गर्नु शुभप्रद रहने देखिन्छ ।

वृश्चिकः
साताको शुरुमा आयआम्दानी बढ्नुको साथै सञ्चित धनको खर्च पनि हुनसक्ने देखिन्छ । बोलीवचनको प्रभाव विपरित पर्नसक्ने सम्भावना रहेकोले जनव्यवहारमा विवेक पुर्याउनु राम्रो हुनेछ । परोपकार तथा समाजसेवाजन्य काममा सरिक हुनपर्ने सम्भावना छ । सोम र मङ्गलवार केही अबरोधको बाबजुत शारीरिक पराक्रम बढ्ने, प्रतिस्पर्धामा विजयी हुनसकिनेछ छ भने स्वास्थ्यमा अनुकूलता आउनेछ । बुधवारबाट बोलीचालीमा संयम अप्नाउनु पर्ला, कसैकसैलाई झगडा हुने, आफन्तिजन टाढिने, लहैलहैमा कसैसँग नराम्रो हुनसक्ने जस्तो गोचर देखिएको छ । मातृशक्तिको सेवा तथा आर्शिवाद ग्रहण गर्नाले प्रतिकूलता टर्नसक्ने छ । शनिवार स्थितिमा सुधार आउने छ । संयमित ढंगले व्यवहार गर्नेलाई केही उपलब्धि पनि मिल्नेछ । अध्ययनमा सफलता मिल्नेछ । रपनि अर्काको चियोचर्चोतिर लाग्दा आफ्नो काम थाति रहने हुनसक्ने छ । यो साता आउने अबरोधलाई कम गर्न तपाईले भगवान भैरवदेव, माँ भुवनेश्वरीको स्तुति आराधना गर्नु उचित हुनेछ ।

धनुः
साता धेरैजसो पक्षमा सामान्य अनुकूल देखिएको छ । विशेष प्रयत्न गरेको काममा वा पाएको आश्वासन पूरारुपमा उपलब्धि प्राप्त गर्न भने कठिन देखिन्छ । मानसिक एवं शारीरिक उमङ्ग बढ्ने छ । रपनि केहीहद्सम्म व्यवहारिक कर्माभ्यासले सुख समृद्धि एवम् शान्ति मिल्ने तथा व्यवसाय आदिबाट आर्थिक लाभगर्न सकिने छ । नाता कुटुम्बिक सम्बन्धमा सजगता अप्नाउनु बुद्धिमानी हुनेछ ।  पशुचौपाय एवं कृषि आदिबाट उपलब्धि तथा लाभ प्राप्त गर्नसकिने छ । बुधवारबाट पुरुषार्थ बृद्धि हुनेछ, पौरख गर्नसकिने छ र रोकिएर रहेका केही कामहरु बन्नेछन् । पेशागत क्षेत्रबाट लाभ हासिल हुनेछ । शनिवार भने अल्लिक ख्याल गर्नुपर्ने र जनव्यवहारमा संयमता अप्नाउनु पर्ने देखिएको छ । विवादको सम्भावना छ होसियारी अप्नाउनु होला । मातृशक्तिको आर्शिवाद फापकर हुनेछ । यो साता तपाईले माँ भुवनेश्वरी, भगवान महावीर हनुमान, विघ्नहर्ता श्रीगणेश र भैरवदेवको स्तुति आराधना तथा उपाशना गर्नु हितप्रद हुनेछ ।


मकरः
साताको शुरुमा खर्चको बहाना थपिनसक्ने छ साथै कामकार्यमा अबरोध सृजना हुने र मानसिक रुपमा पनि वेचैनी बढ्नसक्ने छ । धैर्यधारण गर्नु उचित हुनेछ । सोमवार देखि कर्मक्षेत्रबाट लाभ र सफता प्राप्त हुनेछ । विशेष प्रस्ताव पनि आउनसक्ने छ भने व्यवसायिक मानसम्मानमा बृद्धि हुनेछ । निमन्त्रणा, स्वागत सत्कार एवं कोशेली उपहार मिल्नेछ । बुध र बिहीवार अल्लि ख्याल गर्नु पर्ने दिन छ । कुरा बढी काम कम हुने, अरुलाई समय दिँदा आफ्नो काम थाति रहने हुनसक्ने छ । सामाजिक कार्यमा समय दिनपर्न सक्नेछ । सञ्चित धनको अपव्यय हुनसक्ने छ भने कसैकसैलाई राम्रो बोल्छु भन्दापनि नराम्रो अर्थ लाग्नसक्ने छ । शनिवार शरीरमा जोश जाँगर बढ्ने छ, थाति रहेका केही कामकार्यहरु पूरा गर्न सकिने छ । पौरख गरेर अरुको मन आकर्षित गर्नसकिने छ । यो साता तपाईको लागि भगवान भैरवदेवको स्तुति आराधना गर्नु हितकर हुनेछ ।

कुम्भः
साता अधिकांशपक्षमा सकारात्मक देखिएको छ । व्यापार व्यवसायजन्य क्षेत्रबाट राम्रो आय आम्दानी गर्न सक्नुहुने छ । साथसहयोग मिल्ने र राम्रो पुरुषार्थ गर्न सक्नुहुने छ, प्रसंशक बढ्ने छन् । सोम एवं मङ्गलवार धेरै फुर्ति नगरेको राम्रो हुनेछ । संयमता पूर्वक कार्यक्षेत्रमा तल्लिन रहनुले भने केही उपलब्धि हासिल गर्न सकिनेछ । खर्चको मात्रा भने बढेर जाने देखिएको छ । बुधवार पछि कामकार्यमा सफलता मिल्नेछ । मानसम्मान एवं समर्थक बढ्ने, सांसारिक रमाइलो मिल्ने, मनमा शान्ति एवं सुखको अनुभूति हुनेछ । व्यवसायिक लगानीको अवसर प्राप्त हुनसक्ने छ । शनिवार वाणीमा दोष पर्नसक्ने देखिएको छ, बोलीवचनजन्य व्यवहारमा ख्याल पुर्याउनु होला । धनको अपव्यय, परविषयमा चेष्टा र आफ्नो कार्य अबरोधको सम्भावना छ । यो साता तपाईले ग्रहको दुष्प्रभाव निवृतिको लागि इष्टदेवको स्तुति आराधना बढाउनु हितकर हुनेछ ।

मीनः
साताको शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । उच्चतहसँगको संपर्क जोडिने, पदप्रष्तिठा एवं जीम्मेवारी प्राप्त हुनेछ । प्रशंसकहरु बढ्ने छन्, सहयोगी मिल्ने र आँट साहसमा प्रचुरमात्रामा बृद्धि हुनेछ । कुनै विशेष कार्यको बारेमा चिन्तन मनन् हुने तथा योजना बन्नसक्नेछ । समयको राम्रो सदुपयोग गरी उपयुक्त तरिकाले उपलब्धि लिनु बुद्धिमानी हुनेछ । बढी अपेक्षा गरेको उपलब्धि हुन भने कठिन छ । बुधवार पछि सामान्यतया संघर्षकर छ । खर्चको मात्रा बढ्ने र कामकार्यमा पनि बाधा अड्चनको सामना गर्नपर्नसक्ने देखिन्छ । रपनि आकस्मिक लाभ एवं उपलब्धि पनि हात पर्नेछ । शनिवार अपेक्षा गरेजति नभएपनि केही उपलब्धि हासिल गर्न र व्यवहारिक वातावरणलाई अनुकूल बनाउन सकिने छ । भगवान हनुमान, भैरवदेव र माँ बगलामुखीको आराधना तथा स्तुति उपाशना गर्नाले अबरोधलाई कम गर्न मद्दत मिल्ने छ । 

पुनश्चः विदेशमा रहनु हुनेलाई रहेको स्थानबाट नेपालको अन्तर समय जति पूर्वमा भए ढिलो र पश्चिममा भए चाँडो उल्लेखित फल प्राप्त हुनेछ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan