Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल चैत्र २७ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत २७ मंगलबार |
newsabhiyan
newsabhiyan


आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३९ । चैत्र महिनाको २७ गते मङ्गलवार ।
अँग्रजी मितिः ई.सं. २०१८ अप्रिल महिनाको १० तारिख ।
तिथीः उत्तरायण, बसन्त ऋतु बैशाख कृष्णपक्षको दशमी तिथि ।
योगः साध्य योग ।
नक्षत्रः श्रवण नक्षत्र, २२ः१४ बजेपछि धनिष्ठा नक्षत्र ।
करणः वणिज करण १६ः१७ बजेसम्म, उपरान्त भद्रा करण ।
चन्द्रमाः मकर राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः४७ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः२५ बजे ।
राहुकालः १५ः१५ बजेपछि १६ः५० बजेसम्म ।
यात्राः भद्रा, राहुकाल र अशुभवेला छाडी, शुभमुहूर्त पारी पूर्व र दक्षिण दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन ग्रह गोचरको स्थिति केही सकारात्मक देखिएको छ रपनि बढी ईच्छाएको विशेषकाममा सफलता मिल्न गाह्रो देखिन्छ । सामान्यतया दैनिकी कार्य तथा जनजिविकोपार्जन एवं जनव्यवहारका कामकार्य ठिकै सुचारु हुनेछन् । विचारमा स्वच्छता आउने र धार्मिक आस्था बढ्नसक्ने छ तथापि तिर्थाटनको योजना रोकिनसक्ने छ । साहित्यिक उपलब्धि र लाभ हुनेछ । भलै उपलब्धि हातपर्नमा केही ढिलासुस्ति हुनसक्ने छ तथापि महत्त्वाकांक्षी कार्यको प्रस्ताव आउने तर अल्मलिने हुनेछ । ससाना उपलब्धिको मात्रा बढेर जानेछ । उच्चवर्गसँग संपर्क बढ्ने र आश्वासन मिल्नेछ । विशेष काममा आउने अबरोध निवारणको लागि श्री भैरवदेवको स्तुति उपाशना गर्नु उपयुक्त हुनेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहगोचर केही सुधारात्मक देखिएको छ । रपनि धेरै महत्त्वकांक्षी काममा अड्चन आउनेछ । माथिल्लो निकायबाट दबाबको सामना खेप्नुपर्ने छ । केही अपयशको बाबजुतपनि भाग्य एवम् धर्म बृद्धि हुनेछ । त्यसको बाबजुत पनि आकस्मिक लाभको सम्भावना छ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा संलग्न हुन सकिने छ । कसैकसैलाई तीर्थ यात्राको सम्भावना पनि रहेको देखिन्छ । विशेष योजना एवम् व्यवसायिक कार्यको बारेमा पनि सरसल्लाह हुनसक्ने छ भने पेशागत क्षेत्रबाट लाभ उठाउन सकिनेछ । आज तपाईको लागि धार्मिक क्षेत्रलाई सहयोग गर्नु, नौं अङ्क, पहेंलो एवं रातो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ । भगवान गौरीनन्दनको भक्तिभाव बढाउनु तपाईको लागि लाभप्रद हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन प्रतिकूल हुने देखिएको हुनाले सावधानी अप्नाउनु पर्ने छ । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने सम्भावना रहेकोले आहारविहार ध्यान पुर्याउनु होला । त्यस्तै कामकार्यमा जुट्दा तथा यात्रा आदिमा पनि ख्याल गर्नुपर्ने देखिन्छ । कमजोरी खोजेर बसेकाहरु सक्रिय हुनसक्ने छन् होसियारीको आवश्यकता पर्नेछ । यी प्रतिकूलताको बाबजुत अप्रत्यासित लाभ हुने सम्भावना पनि रहेको छ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ हुनेछ भने गुरुगणपतिको सेवा आराधना तथा स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन प्रमोदीचर्या बढ्ने गोचर छ, दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । विववाह योग्य किशोरकिशोरीको विवाहको प्रसङ्ग चल्नसक्ने छ । मनोरम स्थानको यात्रा हुनसक्ने सम्भावना छ । मानसम्मान बढ्ने छ भने मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ । व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट राम्रो आयआम्दानी हुनेछ । आज तपाईको लागि सात अङ्क, सेतो र रातो रङ्गको उपयोग एवं भगवान अर्धनारेश्वरको स्तुति उपाशना गर्नु फापकर हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन अनुकूल मान्न सकिन्छ । केही उन्मादी स्वभावको विकास हुँदा हुँदैपनि ज्ञानविज्ञानको क्षेत्रमा सफलता मिल्ने छ, सैद्धान्तिक पक्ष पनि बलियो रहनेछ । केही कामकार्यमा सफलता मिल्ने पनि देखिन्छ । पाण्डित्याई अल्लि बढी हुनसक्ने सम्भावना छ जसले आफैलाई हलुङ्गो पनि बनाउन सक्नेछ । स्वास्थ्यमा आरोग्यता बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ साथै शत्रुपक्षलाई झुकाउन सकिनेछ । अवसर तथा समयको सदुपयोग गर्न खोजेमा प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । आज यहाँको लागि हरियो रङ्ग, छ अङ्कको उपयोग अनुकूल रहने छ भने भगवान भैरवदेवको पूजा आजा एवम् भक्तिभाव गर्नाले ग्रहको अड्नलाई कम गर्न मद्दत हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन केही अनुकूल देखिन्छ । ज्ञानोन्माद् नगरे विद्याबुद्धिमा सुधार आउने र निस्कर्ष उपयुक्त निस्कने छ । विद्यार्थीवर्गले अध्ययनको क्षेत्रमा प्रगति गर्नसकिने छ । केही आकस्मिक उपलब्धि एवं कामकार्यबाट अर्थलाभ पनि गर्न सकिने छ । शुरुमा सामान्य असमझदारी जस्तो परेपनि अन्तिममा छोराछोरीको बाटोबाट सन्तुष्टि लिनसकिने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग र भगावन गुरु गणपतिको स्तुति उपाशना आराधना गर्नु तपाईको लागि शुभ हुनेछ भने विद्यार्थी वा शिक्षा क्षेत्रलाई सहयोग गर्नु पूण्यप्रद हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सामान्यतया प्रतिकूल महसूस हुनसक्ने देखिन्छ । क्रमशः कामकार्यमा रोकावट आउने तथा संघर्षको अनुभूति हुनसक्ने छ तथापि हिम्मत नहार्ने र स्वकार्यबाट विचलित नहुनु उपयुक्त हुनेछ । अप्रत्यासित नचिताएको काम बनेर सफलता एवम् लाभ प्राप्त गर्नसकिने छ । हतारभन्दा धैर्य गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ । चार अंक, सेतो एवम् उज्यालो रङ्गलाई प्रयोग गर्नु शुभप्रद हुनेछ भने आमाको सेवा गर्नु वा आमाको आज्ञा पालन गर्नु फापसिद्ध हुनेछ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सामान्यतया ठिकै मान्न सकिन्छ । अल्लि बढी मनलागेको काम पूरा गर्न धौधौ भने पर्ने देखिन्छ । तथापि शारीरिक एवम् मानसिक शक्ति बढ्ने र कामप्रति ईच्छा पनि बढ्नेछ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र केही हद्सम्म रोकिएर रहेको काम पूरा गर्नसकिने छ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । आज तपाईको लागि भगवान श्री भैरवदेवको सेवा श्रद्धा तथा स्तुति गर्नु हितप्रद हुनेछ ।


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सावधानीले लाभ गर्नसकिने छ । वाणीदोषको योग परेकोले बोलीवचनको भूमिकामा ख्याल पुर्याउन जरुरी देखिन्छ । सन्चित धनको अपव्ययको पनि सम्भावना देखिएको छ । तथापि व्यवसायिक कार्यमा प्रगति र खर्चको बाबजुत पनि आर्थिक सङ्कलन हुनेछ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । केही उचाड्चडाव पछि नाता–कुटुम्बिकसँग सुसम्बन्ध कायम गराउन सकिने छ । अल्लि विचार पुर्याएर व्यवहार गर्नु बुद्धिमानी हुनेछ । आज यहाँको लागि दुई क्रमसँख्या, सेतो रंग उपयुक्त रहने छ भने भगवान श्रीगणेशजीको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सुधार भएर आएको र कामकार्यमा सफलता मिल्ने खालको देखिएको छ । मनोनुकूल वातावरण बन्ने र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्ने एवम् खुशी र उमंगको वातावरण छाउनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर एवम् कोसेली अािद पनि मिल्नसक्ने सम्भावना देखिएको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाटराम्रो फाइदा उठाउन सक्नुहुनेछ । भगवान गौरीनन्दनको स्तुति तथा साधना आज यहाँको लागि विशेष फलप्रद हुनेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्ष पर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता पाउन सकिने छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । तपाईँले आज भगवान श्री गणेशजीको उपाशना गर्नु उत्तम हुनेछ भने ३ अंक र पहेंलो रंग यहाँलाई शुभ हुनेछ । दानकर्मले पनि सम्भावित संघर्षलाई कम गर्न मद्दत गर्नेछ ।


मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अपेक्षा ठूलो तर उपलब्धि कम हुनेछ । रपनि पेशा एवम् व्यवसायबाट केही लाभ गर्न सकिनेछ । बढी चाहना गरेको काममा ग्रहको अबरोध देखिन्छ । आश्वासन दिनेहरुको भने कमि हुने छैन । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न सकिने छ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । आज तपाईँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग फापप्रद हुनेछ भने कर्मक्षेत्रमा आएका अबरोधहरु हटाउन माँ बगलामुखी र भगवान श्री सिद्धिविनायकको आराधना तथा स्तुति गर्नु शुभकर हुनेछ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan