Sunday 27th of May | २०७५ जेठ १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल चैत्र २९ गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत २९ बिहिबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३९ । चैत्र महिनाको २९ गते बिहीवार ।
अँग्रजी मितिः ई.सं. २०१८ अप्रिल महिनाको १२ तारिख ।
तिथीः उत्तरायण, बसन्त ऋतु बैशाख कृष्णपक्षको एकादशी तिथि, ०६ः३७ बजेपछि द्वादशी तिथी ।
योगः शुक्ल योग ।
नक्षत्रः शतभिषा नक्षत्र ।
करणः बालव करण ०६ः३७ बजेसम्म, उपरान्त कौलव करण ।
चन्द्रमाः कुम्भ राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः४५ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः२६ बजे ।
राहुकालः १३ः४० बजेपछि १५ः१६ बजेसम्म ।
यात्राः राहुकाल र अशुभवेला छाडी, शुभमुहूर्त पारी पश्चिम दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन आयआम्दानी बढाउने खालको रहेको छ । व्यापार व्यवसायीहरुले राम्रो आम्दानी गर्नसक्नु हुनेछ । भने अन्यक्षेत्रका व्यक्तिहरुलाई पनि पेशा अनुसारको लाभ हुनेछ । रमणीय स्थानको रोमान्चकारी यात्रा हुनसक्ने छ भने नयाँ मान्छेहरुसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । भौतिक मान–सम्मान र पदप्रतिष्ठा एवं जिम्मेवारी मिल्ने सम्भावना छ । राजनीति एवं विद्यामा सुधार र सफलता मिल्नेछ । समाजसेवामा वचस्व स्थापित हुनसक्ने छ । आज तपाईले दुई अङ्क, सेतो तथा पहेंलो रङ्गको प्रयोग र गुरुजनप्रति सेवा तथा श्रद्धाभाव राख्नाले शुभफललाई बढाउन मद्दत हुनेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन समयलाई उत्तम मान्नसकिन्छ, पदप्रतिष्ठा तथा जिम्मेवारी मिल्नसक्ने छ । बरिष्ट तह तथा व्यक्तित्त्वसँग संपक जोडिनसक्ने छ । लौकिक प्रख्याती र विशेष महत्त्वपूर्ण कामकार्यको अवसर प्राप्त हुनसक्ने सम्भावना छ, सदुपयोग गर्नु होला । राज्यबाट लाभ उठाउनसकिने, व्यवसाय तथा उद्यमको राम्रो प्रचार–प्रसार हुने तथा राजनीति–समाजसेवामा प्रसिद्धि बढ्ने देखिन्छ । कसैकसैलाई पदप्रतिष्ठा तथा जिम्मेवारी मिल्नसक्ने पनि छ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको उपयोग र माँ बगलामुखीको भक्ति आराधना गर्नु सुखप्रद हुनेछ ।

 


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने सम्भावना भएकाले सावधानी अप्नाउन पर्नसक्ने छ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सकारात्मक सोँच तथा व्यवहारले परिणाम भने सुखद ल्याउन सकिनेछ प्रयत्न गर्नुहोला । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि देखिएको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्ने तथा धर्मप्रभावले धनलाभ पनि हुने देखिन्छ । व्यवसाय एवं पेशाको क्षेत्रबाट राम्रो आयआम्दानी गर्न सकिनेछ । आज यहाँलाई नौ अंक, पहेलो तथा सेतो रङ्गको प्रयोग र माँ बगलामुखीको स्तुति विशेष फलकारक हुनेछ ।

 


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन केही विपरित रहेको छ, स्वास्थ्यमा समस्या देखिने तथा ईज्जत–प्रतिष्ठामा चुनौती थपिने र खर्च बढ्नसक्ने छ । कार्यमा विघ्नबाधा आइपर्ने, शत्रु सल्बलाउने जस्तो प्रतिकूलता आइपर्न सक्नेछ । तसर्थ व्यवहारिक तरिकाबाट सजगता अप्नाउनु बुद्धिमानी हुनेछ । उपर्युक्त प्रतिकूलताको बाबजुत आकस्मिक रुपमा नसोँचेको तर्फको काम बनेर लाभ र उपलब्धि प्राप्त हुनेछ । आत्मबल बढाएर संघर्ष गर्नाले अन्तिममा सफलता मिल्नेछ । कार्यक्षेत्रमा अल्लि बढी परिश्रम गर्दा केही उपलब्धि आर्जन गर्न सकिएला । रोगी तथा दीनदुखीको सेवा सहयोगमा समयको सदुपयोग गर्नाले ग्रहको प्रतिकूलदोषलाई न्यूनिकरण गर्न मद्दत हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन जवानीको रङ्गराग बढ्नाले विपरितलिङ्गी तर्फको आकर्षण तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुनेछ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने कुरालाई पनि नकार्नसकिन्न । व्यवसायिक उन्नति हुनगइ बैंकब्यालेन्स तथा कोष बढ्नेछ । आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय पनि देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । आज यहाँलाई सात अङ्क, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने माँ बगलामुखीको दर्शनभक्ति गर्नाले अपेक्षित कार्य पूरागर्न मद्दत हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ । उत्साह उमंगप्रद दिन भएकोले काममा रुचि र सफलता पनि मिल्ने देखिन्छ । शत्रुपक्षले पनि मित्रताको भाषा बोल्नेछन् । कामकार्य तथा जनव्यवहारमा भूमिका निर्वाह गर्न आज यहाँलाई अल्लि सहज हुनेछ देखिन्छ । स्वास्थ्यामा आरोग्यता बढ्ने हुनाले अनुहारमा कान्तिबृद्धि हुने र प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने छ । व्यवसायबाट राम्रो लाभ हातपार्न सकिनेछ । विद्यार्थीहरुलाई परीक्षामा उर्तिण र सन्तुष्टि मिल्नेछ । आज यो राशि हुनेहरुले हरियो रङ्ग छ अङ्कको प्रयोग एवम् माँ बगलामुखीको स्तुति गर्नु थप सफलताकारक हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सन्दर्भविनाको प्रसङ्गका कुराले अनावश्यक विवाद सृजना गर्नसक्ने र आफैलाई हलुङ्गो बनाउनसक्ने छ । सहजरुपमा उपलब्धि प्राप्त हुन गाह्रो देखिन्छ । विशेषकाममा वैकल्पिक माध्यम अप्नाउनु बुद्धिमानी हुनेछ । गाम्भीर्यता धारण गर्नसकेको खण्डमा विद्यार्थी वर्गले विद्यार्जनमा केही प्रगति गर्नसकिने छ । बैठक आदिमा जरुरी विषयमा मात्रै प्रवेश गरेको राम्रो हुनेछ अन्यथा उठेको प्रसङ्गलाई बिटमार्न कठिन पर्नसक्ने छ ख्याल गर्नु होला । आत्मप्रसंशाको मनोभाव बढ्नसक्ने र मुल्याङ्कनमा ह्रास आउनसक्ने छ । पराईको निन्दा चर्चामा भुल्दा स्वकार्य अधुरो रहनसक्ने तर्फ पनि ख्याल पुर्याउन जरुरी देखिन्छ । आज तपाईले माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन छलफल आदिमा मत बाझिन वा असमझदारी हुनसक्ने सम्भावना छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने ग्रहको लक्षण देखिन्छ । तसर्थ होसियार हुन जरुरी छ । आफ्नै मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने कुरालाई पनि नकार्न मिल्दैन । मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । उपर्युक्त प्रतिकूलताको बाबजुत पनि सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले केही लाभ गर्न पनि सकिनेछ । आज तपाईलाई मातृशक्तिको सेवा गर्ने र आर्शिवाद ग्रहण गर्नु विशेष हितप्रद हुनेछ ।


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन अनुकूल परेको छ । शरीरमा पर्याप्त रुपमा स्फुर्तिको विकास हुने र प्रसस्तमात्रामा काममा रुचि बढेर आउनेछ । शुभेच्छुकहरुबाट सहयोग मिल्ने र पेशा तथा व्यवसायबाट अर्थलाभ गर्नसकिने छ । स्वकार्यमा लगनशील रहनाले फाइदा एवम् सफलता हातपार्न सकिने छ भने क्षणिक तथा लघुकार्यहरु पूर्ण हुनेछन् । आज यहाँलाई विपक्षविरुद्धको सामनामा विजय प्राप्त हुनेछ । इष्टमित्रहरुसँग भेटघाट हुने र कार्ययोजनाको बारेमा फलिभूतिरुपमा छलफल हुने र केही हद्सम्म निस्कर्ष पनि निकाल्न सकिने छ । शुभेच्छुकबाट मद्दत मिल्ने र आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन आशा निराशामा परिणत हुनसक्ने सम्भावना देखिएकोले आश्वासन मिल्दैमा ढुक्क नभइहाल्नु र नहौंसिनु उपयुक्त हुनेछ । आज कुनै पनि कुरामा धेरै विषय आसक्ति नगरेकै राम्रो हुनेछ । कसैकसैलाई गलत संगत तथा विपरित आहारको सम्भावना पनि देखिएकोले खानपानमा अल्लि ख्याल गर्नु उपयुक्त हुनेछ । आज यहाँको वाणीको प्रभाव पनि न्यून पर्नसक्ने छ । धनसंपत्तिको घमण्ड तथा अपव्ययको पनि सम्भावना देखिएकोले खर्च आदि कार्यमा संयमित हुनु बुद्धिमानी हुनेछ । सत्नियतको नियममा रहेर स्वकर्मरत् रहनाले भने व्यवसायिक कामकार्यबाट आंशिकलाभ गर्नसकिने छ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन नया“ पेशा तथा व्यवसायको बारेमा विचार विमर्श हुनसक्ने छ । जागिर आदिको खोजीमा रहेकाहरुलाई नोकरी मिल्नसक्ने खालको सकारात्मक दिन रहेकोछ ।संघसंस्था आदिमा काम गर्ने व्यक्तिहरुको लागि औपचारिक गोष्ठी–कार्यक्रममा सहभागी हुनपाइने सम्भावना छ । मानसिक एवं आत्मबल र बुद्धिविवेक बढ्ने र अपेक्षित कार्य अगाडि बढ्ने छ । सहयोगी भेटिनाले कार्य सम्पादन गर्न सहज हुनेछ । स्वास्थ्यमा आरोग्यता प्राप्ति हुने तथा कान्ति बृद्धि हुनाले आकर्षशक्ति पनि बढ्नेछ । आज यहाँलाई कतैबाट आर्थिक लाभ हुनपनि सक्नेछ । विद्यार्थी भाईबहिनीहरुको लागि आज माँ सरस्वतीको पूजाआजा एवम् भक्तिभाव ज्ञानप्रद हुनेछ ।


मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन प्रतिकूल जस्तो प्रतित हुनेछ । साविकभन्दा बढी संघर्षले मात्रै काम गराउन सकिएला । आकस्मिक रुपमा खर्च बढ्नसक्ने र काममा पनि दिग्दारी हुनसक्ने सम्भावना छ । मिथ्याऽभियोगको समेत सम्भावना भएकोले सावधानी निकै जरुरी हुनेछ । हतारभन्दा पनि धैर्यधारण एवम् बोलीव्यवहारमा संयमको अभ्यासले परिणाम आफ्नो पक्षमा ल्याउन सकिनेछ । कुनै पनि काम सम्पादन गर्दा सोँचविचार पुर्याएर मात्रै गर्नु उपयुक्त हुनेछ । अप्रत्यासित रुपमा नसोँचेको तर्फबाट केही लाभ र उपलब्धि प्राप्त गर्नसक्नु हुनेछ । आज तपाईलाई तीन अंक, पहेंलो रङ्ग र माँ बगलामुखीको सेवा आराधना शुभकर हुने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan