Sunday 27th of May | २०७५ जेठ १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल बैशाख ८ गते शनिवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ८ शनिबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । बैशाख महिनाको ८ गते शनिवार ।
अँग्रजी मितिः ई.सं. २०१८ अप्रिल महिनाको २१ तारिख ।
तिथीः उत्तरायण, बसन्त ऋतु बैशाख शुक्लपक्षको षष्ठी तिथि, २०ः५४ बजेपछि सप्तमी तिथि ।
योगः अतिगण्ड योग, १०ः३९ बजेपछि सुकर्मा योग ।
नक्षत्रः आद्र्रा नक्षत्र ।
करणः कौलव करण १०ः०६ बजेसम्म, उपरान्त तैतिल करण ।
चन्द्रमाः मिथुन राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः३६ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः३१ बजे ।
राहुकालः ०८ः४९ बजेपछि १०ः२७ बजेसम्म ।
यात्राः राहुकाल र अशुभवेला छाडी, शुभमुहूर्त पारी दक्षिण दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज यद्यपि गोचर उपलब्धिमूलक देखिन्छ । तथापि उपयुक्त उपलब्धि हासिल गर्न मनोन्माद्लाई संयम गरी स्वकर्ममा लगनशील रहनु पर्ने देखिन्छ । उन्मादी हौंस्याहटलाई कम गरी व्यवहारिक ढङ्गलले अघि बढ्नाले केही महत्त्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । शारीरिक पराक्रम पनि बढ्ने र पौरखको मान्छेहरुबाट प्रशंसा पनि पाउन सकिनेछ । शुभेच्छुकहरुबाट सहयोग पनि मिल्नेछ । आज यहाँलाई तीन अङ्क, हरियो रङ्गको उपयोगको र हनुमानदेवको स्तुति गर्नु शुभप्रद हुनेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही कैफियत वा दोष औंलिनसक्ने छ ख्याल गर्नु होला । रपनि वाणीमा ओजस्विता एवम् माधुर्यताको विकास हुनेछ । व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुनसक्ने छ । धुकुटीमा धनधातु तथा खजानाको बृद्धि हुनेछ । कहीहद्सम्म मान्छेहरुलाई वाणी तथा प्रवचन–भाषण एवम् तर्कले प्रभाव पार्नसकिने छ र प्रशंसा पनि मिल्नेछ । परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले तथा कसैकसैकोमा शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो हुनेछ । परपाहुनाको सेवासत्कारमा अल्लि व्यस्त पनि हुनपर्ने सम्भावना रहनेछ । दोषजन्य परिस्थितिबाट बच्नको लागि माँ बगलामुखीको उपाशना गर्नु होला । विद्वान गुरुजनको आर्शिवाद पनि विशेष हितप्रद हुनेछ ।

 


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन रमाइलो एवम् सन्तोषप्रद रहनेछ । अनुकूल वातावरण बन्ने र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्नेछ । खुशी र उमंग छाउनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर एवम् सौगात आदिको सम्भावना पनि देखिएको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नुहुनेछ । यहाँहरुको लागि आज एक अंक, रातो रङ्गको प्रयोग र भगवान हनुमानको सेवा शुभप्रद रहनेछ भने गुरुजनहरुको आर्शिवाद लिनु पनि उपयुक्त हुनेछ ।

 


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्षको अनुभूति गराउने खालको रहेको छ । साविकभन्दा बढी कोसिस गरेर मात्रै काम सुल्झाउन सकिएला । खर्चका बहानाहरु बढ्नसक्ने र काममा पनि केही झमेला तथा ब्याबधान आउनसक्ने सम्भावना छ । झुटो आरोपको पनि सम्भावना भएकोले सावधानीपूर्वक सामाना गर्नु पर्ला । हतारभन्दा पनि सोँचविचार गरेर मात्रै प्रस्तुत हुनु बुद्धिमानी हुनेछ । बुद्धि र संयमको अभ्यासले परिणाम आफ्नो पक्षमा ल्याउन र आकस्मिक केही लाभ एवं उपलब्धि हासिल गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, पहेंलो रङ्ग र भगवान महाकाल शनिको सेवा आराधना शुभकर हुने छ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । परीक्षा तथा प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने दिन छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी समय तथा अवसरको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्गको पनि सम्भावना देखिन्छ । समर्थन तथा सहयोग प्राप्त हुने र प्रशंसा पनि बढ्नेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग उपयुक्त हुनेछ भने माँ जगद्काली भगवतीको श्रद्धाभक्ति तथा स्तुति गर्नुले थप सफलता मिल्ने छ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन ग्रहको केही अबरोधको बाबजुत पनि ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका केही कामहरुलाई पूरा गर्नसकिने छ । राजनीति एवम् समाजसेवा जन्य कामबाट पनि प्रसिद्धि कमानउ सकिनेछ । सम्बन्धितहरुको लागि प्रेम वा विवाह प्रस्तावको पनि सम्भावना छ । महत्त्वपूर्ण कार्यमा आउनसक्ने बाधा निवारणको लागि भगवान हनुमानदेवको स्तुति आराधना एवं भक्ति गर्नु शुभप्रद हुनेछ ।

 


तुला राशिः
तुला राशिहुनेहरुको लागि आज केही ब्याबधानको बाबजुत पनि अनुकूलोन्मुख एवं भाग्यप्रद छ । धार्मिक–आध्यात्मिक सत्चिन्तनको विकास हुने तथा सात्त्विक विचार र आस्थामा प्रगाढता आउनेछ । कामकार्यमा आएका अवरोध एवं अपजश हट्दै जाने तथा लाभ एवं सफलता हातपार्न सकिने देखिएको छ । उच्चवर्गसँग संपर्क विस्तार हुनेछ भने सोले महत्त्वाकांक्षा पनि बढ्नसक्ने । जिम्मेवारी एवं मनोबल उच्च हुनेछ । व्यवसायिक क्षेत्रबाट यथोचित लाभ हातपर्ने छ । कसैकसैलाई अल्लि बढी महत्त्वाकांक्षा बढ्नाले केही मानसिक तनाब नबढ्ला भन्न भने सकिँदैन । प्रेमसम्बन्ध सार्थक बन्नसक्ने छ । ब्याबधानलाई कम गर्न माँ भुवनेश्वरीको उपाशना गर्नु मनासिब हुनेछ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावनालगायतका केही संघर्षजन्य परिस्थितिको सामना गर्नपर्ने खालको देखिएको छ । कार्यक्षेत्रमा केही अबरोध सृजना हुनसक्ने भएकोले सावधानीपूर्वक सामना गर्ने मानसिक बल बढाउनुहोला । आज कुनै पनि कार्य हतार नगरी होस पुर्याएर गर्नु बुद्धिमानी हुनेछ । धैर्यता र संयमले प्रतिकूल समय टर्न दिनु उचित हुनेछ । अप्रत्यासित लाभ एवं उपलब्धि पनि हुने देखिएको छ । आठ अंक एवम् रातो रङ्गको प्रयोगआज यहाँको लागि शुभ रहनेछ । रोगी तथा दीनदुःखीप्रति सेवा सहयोग गर्नुले पनि कष्ट निवारण गर्न मद्दत पुग्नेछ ।


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन अल्लि तामसीप्रवृतिको वृतिविलासले प्रसय पाउने हो कि भन्ने देखिएको छ । आमोद–प्रमोद चाहना बढ्ने ग्रहगोचर छ । गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि त्यतिकै रहेकोले होस पुर्याउन जरुरी छ । अन्यथा जोशमा होश गुमाउने र फुर्सदमा पछुताउने हुन सक्नेछ । व्यवसाय तर्फ सामान्यतया उन्नति हुनाले आर्थिक सङ्कलन गर्न सकिनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । विवाह प्रस्तावको विषयमा भने विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँको लागि सात अङ्क, सेतो रङ्गको प्रयोग र भैरवदेवको स्तुति गर्नु शुभकर हुनेछ ।

 


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि गन्तव्यचुम्न साढेसातीको दुष्प्रभावले कठिन देखिएको छ । त्यसको बाबजुत पनि बल एवम् साहस बढ्ने दिन छ, उन्माद्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । साढेसाती शनिको दुष्प्रभाव हटाउन उपयुक्त उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । लक्ष्मीको कृपा हुनेहुनाले व्यवसायिक उन्नति हुन गई आर्थिकभार हल्टो हुनेछ । वातवायु एवम् स्नायु तथा नशासँग सम्बन्धित विमारको सम्भावना छ स्वास्थ्यमा ख्याल पुर्याउनु होला ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन गोचर विद्यार्जनमा सकारात्मक छ । विद्यार्थीको लागि दिन बढी उपयोगी रहनसक्ने छ । प्रवचन संभाषण क्षेत्रको पेशा हुनेहरुको लागि पनि उपलब्धि मूलक हुनेछ । यो राशि हुने अन्य सर्वसाधारणको लागि पनि बुद्धिविवेकमा बृद्धि हुने तथा त्यसको सदुयोग गर्न पाइने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित हुने तथा प्रशंसा मिल्नेछ । सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । व्यवसायमा प्रगति र आर्थिक लाभको योग छ । नयाँ प्रेमसम्बन्धको साइत जुर्न सक्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोगिता शुभप्रद हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।


मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न अल्लि नसकिने खालको छ । संघर्षको अनुभूति हुनसक्ने ग्रहगोचर परेले काम कार्यमा मान्छेहरुले आलोचना गर्नसक्ने वा अपजश दिन सक्नेछन् । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न मद्दत मिल्नेछ । आज तपाईले जनव्यवहारमा आवश्यकभन्दा बढी सरोकार नराखेकै राम्रो हुनेछ । भइपरि आउने दैनिकी कामकार्यमा सकारात्मक चिन्तनको साथमा लाग्नु भएमा सम्भावित प्रतिकूलतालाई कम गर्न र केही काम बनाउन सकिनेछ । आज तपाईको लागि मातृशक्तिसँग समन्वयात्मक कार्य गर्नु विशेष शुभप्रद हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan