Sunday 27th of May | २०७५ जेठ १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल बैशाख १३ गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १३ बिहिबार |
newsabhiyan
newsabhiyan


आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । बैशाख महिनाको १३ गते बिहीवार ।
अँग्रजी मितिः ई.सं. २०१८ अप्रिल महिनाको २६ तारिख ।
तिथीः उत्तरायण, बसन्त ऋतु बैशाख शुक्लपक्षको एकादशी तिथी, ०९ः४५ बजेपछि द्वादशी तिथी ।
योगः ध्रुव योग, १७ः१६ बजेपछि व्याघात योग ।
नक्षत्रः पूर्वफाल्गुनी नक्षत्र, १४ः५५ बजेपछि उत्तरफाल्गुनी नक्षत्र ।
करणः भद्रा करण ०९ः४५ बजेसम्म उपरान्त बव करण ।
चन्द्रमाः सिंह राशिमा, २०ः४२ बजेपछि कन्या राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः३१ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः३४ बजे ।
राहुकालः १३ः४० बजेपछि १५ः१८ बजेसम्म ।
यात्राः भद्रा, राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पूर्व दिशाको लागि उपयुक्त ।

 


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अनुकूलै छ तथापि आफ्नै मनोआशक्तिको कारणले हुनपर्ने जति फाइदा लिन अल्लि गाह्रो देखिन्छ । आत्मप्रशंसाको चाहना तथा प्रमातको भावनाले तपाईँको कमजोरीको वास्तविकता उदाङ्गिन सक्नेछ । सैद्धान्तिक कट्टरताको पक्ष बलियो रहेपनि विद्वदताको फुर्ति र निरर्थक प्रयासमात्र हुनसक्ने सम्भावना छ । घमण्डले मानसिक पछुतो पर्नसक्ने छ, ख्याल पुर्याउनु होला । आज तपाईँलाई पाँच अङ्क, रातो रङ्गको उपयोग र भगवान भैरवदेवको सेवाआराधना गर्नु उपयुक्त हुनेछ । कुकुरलाई खुवाउनाले पनि ग्रहको दुस्प्रभाव निवारण हुनसकने छ ।

 


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । पारिवारिक एवम् कार्यक्षेत्र आदिमा बाधाब्याबधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्दैन, बरु उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ । नचिताएको पक्षबाट भने आर्थिकको साथै अन्य उपलब्धि हुनसक्ने छ । आज यहाँलाई चार अङ्क, सेतो तथा रातो रङ्गको प्रयोग र बाधाबिघ्न निवारणको माँ बगलामुखीको श्रद्धाभक्ति एवं आराधना गनु शुभ हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आ“ट जोश जा“गर र पराक्रम बढाउने ग्रह परेको छ । नविन कार्ययोजना बन्नाले महत्त्वाकांक्षा पनि बढ्नसक्ने देखिन्छ । व्यवसायमा प्रगति तथा लाभ एवं सफलता र श्रीबृद्धि हुनेछ । स्फुर्तिकर ग्रहयोग परेकोले पौरख प्रदर्शन गर्नसकिने र प्रशंसा पनि मिल्ने छ । समाजसेवा तथा राजनीति एवम् सामाजिक संघसंस्था आदिको कामकार्यमा पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायिक उन्नति हुनेछ भने अड्केर रहेको काम बन्नेछ । पेशा एवम् व्यापार व्यवसायबाट राम्रै लाभ गर्न सकिने छ । परिवारिक सदस्य वा स्वजनको बृद्धि हुने तथा कामकार्यमा साथ मिल्नेछ । प्रतिस्पर्धामा सफल, व्यवसायिक लाभ, रोकिएको काम बन्ने, विजय एवम् प्रशंसा–पुरस्कार र व्यवसायिक लाभ मिल्नेछ ।

 


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहको केही अदृष्य अबरोधको बाबजुतपनि उमंग उत्साह बढ्ने खालको रहेको छ । आर्थिक लाभको संयोज जुट्ने छ भने प्राकृतिक रमाइलोपन मिल्ने छ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अबसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्ने छ । आजको दिन वाकवृति हुनेहरुको लागि बढी उपयुक्त हुनसक्ने छ । तथआज यहाँलाई दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने हनुमानदेवको सेवा आरधनाले कार्यसफलतामा मद्दत गर्ने गर्नेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन अनुकूल हुँदाहुँदै पनि गोचर केही अबरोधक देखिएको छ, त्यसको बाबजुतपनि शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ । व्यवसायबाट आंशिक धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने छ । ईच्छित विशेष कार्य पूर्ण होस भन्ने कामना गरी ग्रह अबरोध निवृतिको लागि हनुमानको भक्ति गर्नु उपयुक्त हुनेछ । सामाजिक सेवा सहयोग गर्नु पर्ने तथा जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज तपाईले भगवान महावीर हुनमानको श्रद्धाभक्ति एवं उपाशना गर्नु शुभकर हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन दैनिक एवं पारिवारिक आवश्यकताहरु थपिने र खर्चको मात्रा बढ्नसक्ने छ । कामकार्यमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष बाधा विघ्नता आउने, समर्थन जुटाउन अल्लि गार्हो पर्नेछ, तथापि कतैबाट राम्रो टेवा मिल्नेछ र केही उपलब्धि पनि हुनेछ । चोटपटक तथा दुःखविमारको सम्भावना छ, यात्रा एवं चलखेलमा र खानपानमा ख्याल पुर्याउन जरुरी छ । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आँच आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र माँ बगलामुखीको भक्ति आज तपाईँको लागि फाइदाकर हुनेछ ।

 


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन आम्दानीकर छ । रपनि विशेष आर्थिक प्राप्तिमा केही अबरोध देखिएको छ । अन्य कमाइतर्फ बुद्धि फिराउँदा हुने आम्दानी पनि फुत्कने र पछुतो पर्नसक्ने छ । कुधनको चेष्टाप्रति आत्मसंयमको जरुरी देखिन्छ । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालुनै रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको उपयोग र इन्द्रायणी देवीको भक्ति आराधना गर्नाले ग्रहको बाधक दोष कम भई केही उपलब्धि हुनसक्नेछ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अनुकूल गोचरको प्रभावले केही महत्त्वकांक्षा बढ्नसक्ने छ । तथापि दिनलाई अनुकूल नै मान्न सकिन्छ । हैसियत अुनसारको काममा सफलता मिल्नेछ भने व्यापार व्यवसायबाट आर्थिक लाभ गर्न सकिनेछ । केही महत्त्वपूर्ण काम सिद्धि हुनेछ । जन्मदशा अनुसार प्रतिकूल ग्रहको फल भोगिरहेका तथा संघर्ष–अप्ठ्यारोको सामना गरिरहेकाहरुलाई क्षणिक रुपमा भएपनि समस्या टर्नेछ । राजनीति–समाजसेवामा हैसियत अनुसारको पदप्रतिष्ठा प्राप्त हुनसक्ने छ । सामान्यतया सांसारिक मानमर्यादा कायम हुने र प्रख्याति बढ्ने छ । उद्योगधन्दामा देखिएको अड्चन पनि हट्ने छ । आज यहाँले एक अङ्क, रातोरङ्गको प्रयोग र माँ बगलामुखीको दर्शनभक्ति गर्नु फापकर हुनेछ ।


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन पाएको आश्वासन काम नलाग्न वा पूरा हुन कठिन छ । महत्त्वाकांक्षा ठूलै भएपनि महत्त्वपूर्ण उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक वातावरण एवं चिन्तनमनन् भने सृजना हुनसक्ने छ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कामकार्य आदिबाट लाभ हातपार्न सकिने छ । उच्चवर्गसँग संपर्क स्थापित हुनजाँदा केही महत्त्वाकांक्षा पनि बढ्नसक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँ पन आउनेछ । विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान भैरवदेवको श्रद्धाभक्ति एवं कुकुरको सेवा फापसिद्ध हुनेछ ।

 


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन स्वास्थ्यमा प्रतिकूलता आउन सक्ने र काममा पनि अल्लि दिग्दारी हुने सम्भावना देखिएको छ । आज दीर्घरोगीले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी हुनेछ । कामको शुरुमा ढिलाई हुनाले मानसिक अशान्ति बढ्नसक्ने गोचर परेको छ । धैर्यपूर्वक स्वकर्ममा लगनशीलतालाई कायम राख्नाले अन्तिममा भने केही सफलता प्राप्त गर्नसकिने छ । सामान्यतया साविकको भन्दा अल्लि बढी खर्चको भार बढेर जाने देखिएको छ । नसोँचिएको तर्फबाट आयआम्दानी पनि हुनसक्ने छ । हतार र उन्माद गर्दा खतिक्षति बढ्नसक्ने भएकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल तथा अफ्ठ्यारो परिस्थितिलाई बुझेर सावधानी रहनसके परिश्रम र लगानी खेरा जानबाट बचाउन सकिनेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन प्राप्त अवसरलाई सदुपयोग गरी अघि बढेमा अनुकूल रहेको छ । दाम्पत्यजीवन तथा प्रेमसम्बन्धमा प्रगाढता छाउने छ । व्यवहारिक कुशलताको विकास हुनेछ भने व्यवसायबाट पनि उपयुक्त एवं उन्नति मिल्नेछ । देशप्रदेशको भ्रमणको अभिलाषीहरुलाई पनि दिन सकारात्मक रहेको छ परन्तु चोटपटकको पनि संकेत रहेको हुनाले होसियारीको जरुरी हुनेछ । नातासम्बन्ध एवं आफन्तजनबाट अपेक्षित सहयोग प्राप्त हुने र सन्तुष्टि मिल्ने छ । कसैकसैलाई कपट प्रेमको सम्भावना रहेकोले प्रतिकूल जन्मदशा चल्नेहरुले होसियारी गर्नु पर्नेछ । भगवान सूर्यदेवको स्तुति आराधना तथा उपाशनाका विधिहरु अवलम्बन गर्नु हितप्रद हुनेछ ।


मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल गोचर पेरको छ । स्वास्थ्यमा आरोग्यता र कान्तिबृद्धि हुनेछ । प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने छ भने खेलाडीहरुको लागि विशेष दिन रहनेछ । श्रीलक्ष्मीले साथ दिने गोचर परेकोले व्यापार व्यवसायबाट उचितमाात्रामा लाभ हुनगई मानसिक एवं शारीरिक सुखसन्तुष्टि मिल्ने छ । कार्यमा देखिएको ब्याबधान हट्नाले अगाडिको ढोका खुल्नेछ भने शत्रुलाई परास्त गर्नसकिने छ । कसैकसैलाई प्रेमप्रद दिनचर्याले मनको एकाग्रता टोड्नसक्ने छ । तीर्थादि भ्रमणको यात्रायोजना बन्नसक्ने छ । आज यहाँको लागि छ अङ्क, हरियो रङ्गको प्रयोग र माँ बगलामुखीको दर्शनभक्ति तथा स्तुति उपाशना गर्नु शुभकर हुनेछ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan