Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालमा पहिलो पटक यसरी बनाईदै छ संस्कृत विश्वविद्यालय

शिवपुराण महायज्ञको महिमा यस्तो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १६ बुधबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

साउन १६, काठमाडौं । नेपालमा संस्कृत विश्व विद्यालय नभई रहेको अवस्थामा अब निकट भविश्यमै संस्कृत विश्व विद्यालयको स्थापना गरिने भएको छ । आचार्य श्री रामचन्द्र पौडेल ज्यूले साझा भिजन कार्यक्रममा दिएको जानकारी अनुसार १०८ शिवपुराण महायज्ञ लगायर त्यसबाट उठेको पैसाले नेपालमा संस्कृत विश्वविद्यालयको स्थापना गराईने बताउनु भएको छ ।
नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौं।
आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन हो कार्यक्रम “साझा भिजन”

यस कार्यक्रम मार्फत  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौं।

उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ, आचार्य श्री रामचन्द्र पौडेल । वहाँ शिवपुराण महायज्ञ कथाका वाचक पनि हुनुहुन्छ । यहि शिवपुराण कथाको १०८ वटा महायज्ञ गरेर नेपालमा संस्कृत विश्वविद्यालयको स्थापना गरिने लक्ष्य सहित अगाडी बढिरेको छ । अहिले सम्म १७ वटा शिवपुराण महायज्ञ भई सकेको छ ।

श्री शिव महापुराण एकादश दिवसीय महायज्ञ २०७५ शुभाराम्भ (फोटो/भिडियो सहित)

आउनुहोस अब  बाँकी शब्दहरु  भिडियोमा हेर्नुहोस/सुन्नुहोस ।

For more photos click here 

Day 1

Day 3

 

 

आध्यात्मिक जागरणद्धारा भौतिक समुन्नतिका लागि भक्तिसङ्गीतमय श्री शिव महापुराण एकादश दिवसीय महायज्ञको शुभराम्भ भएको छ ।
काठमाडौंको मिनभवन आलोक नगर स्थित स्थानिय संघ संगठनहरु श्री सिद्धि विनाएक, श्री शोभा भगवती, श्री लोकेश्वर महादेव मन्दिर निर्माण तथा व्यवस्थापन समिति, श्री विनायक सुधार संघ, श्री आलोक नगर मार्ग टोल सुधार समिति, श्री गंगा जमुना समूह, आलोक नगर महिला विकास केन्द्र, श्री विनाएक समाज, नेपाल आमा सेवा, आलोक नगर तथा विश्व शान्ति अभियान नेपालको संयुक्त आयोजना तथा स्थानिय संघ संस्था, बुद्धिजिवी, समाजसेवी एवं धर्मानुरागी सज्जनवृन्दहरुको विशेष पहल तथा सहयोगमा समस्त पितृहरुको उद्धारको पवित्र भावना र विश्वशान्ति, विश्व कल्याणको विशुद्ध कामनाले ध्यान केन्द्र निर्माण तथा श्री भागवतधमा आश्रम निर्माण सहयोगार्थ श्री शिव पुराण एकादश दिवसीय महायज्ञ शुरु गरेको हो ।
यो महायज्ञ यहि मिति २०७५ साल श्रावण १२ गते देखी २३ गते सम्म सञ्चालन हुने आयोजकहरुले बताएका छन ।
श्री सिद्धि विनायक श्री शोभा भगवती, श्री लोकेश्वर महादेव मन्दिर आलोकनगर परिसरमा भईरहेको यस विशेष महायज्ञमा समस्त भक्तजनहरुलाई उपस्थित भई प्रसाद ग्रहण गरेर पुन्य कमाउनको लागि आयोजकले हार्दिक अपिल पनि गरेको छ ।
प्रतयेक दिन विहा ७ बजे देखी ८ बजे सम्म मण्डप पूजन एवं पितृ पूजन, ८ बजे देखी ११ बजे सम्म शिवमहापुराण मूल पाठ पारायण, ११ बजे देखी ५ बजे सम्म संगीतमय श्री शिवमहापुराण कथा र बेलुकी ६ः३० बजे वरिष्ठ व्यक्तित्वहरुको समुपस्थितिमा सम्पूर्ण दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दै विशेष सन्ध्या आरति महात्म्य कथा प्रवचन, भजन संकीर्तन कार्यक्र हुनेछ ।
यस महापुरणमा सहयोग गर्ने व्यक्तिहरुलाई रकमको दर्जा अनुसार सम्मान पनि गरिने जानकारी आयोजकहरुले बताएका छन । 

 

For more photos pls, click here

 

थप जानकारीको लागी : ९८५१००३२१५, ९८५१०१७८३२, ९८५१०९७४९९, ९८५१०९४८७२, ९८५१०६४९१६

कालसर्प योग ग्रहशान्ति कर्म गराउन चाहानु हुन्छ भने साउन ३१ गते । सम्पर्क शिवपुराण भई रहेको ठाउँमा गर्नुहोला ।

सम्पर्क व्यक्ति युवराज भट्टराई ९८४९१५६६१४

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan