Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्व जैमिनी समाजको गठनः अध्यक्षमा घोडासैनी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ १ शुक्रबार |
newsabhiyan
newsabhiyan

एकेन्द्र घोडासैनी, काठमाडौं, १ भदौ । जैमिनी ऋषिका सन्तान अर्थात जैमिनी गोत्र भई विश्व भरि बसोबास गर्दै आएका विभिन्न जातजाती तथा थरका  व्यक्तिहरुलाई एकै पारिवारिक सुत्रमा जोड्ने उदेश्यले विश्व जैमिनी समाजको गठन भएको छ ।

विश्व जैमिनी समाजको आगामी नेतृत्वको लागि टिकाराम आर्य घोडासैनीको अध्यक्षतामा ३३ सदसिय समिति चयन गरेको छ । आफ्नो पारिवारिक गोत्रको पहिचान र सन्तानहरुबिच गोत्र नै भुल्दै गएकोले समिति मार्फत जैमिनी सन्तानको पहिचान, संरक्षण, सम्बर्दन र सहि सम्बन्ध स्थापित गर्न यो समितिको स्थापना  भएको अध्यक्ष घोडासैनीले बताएका छन ।

जैमिनी गोत्रका सन्तानहरु नेपाल, भारत, भुटान धेरै परिवार रहेको र अन्य देशमा पनि छरिएर रहेको एक अध्ययनले देखाएको छ  । नेपालका करिब ५२ जिल्लामा रहेका जैमिनीका सन्तान दुई÷तीन पुस्तामा मात्रै पनि धेरै ठाउँमा फैलिएको इतिहास छ । 

भारतमा पनि जैमिनी ऋषिको नामको विभिन्न ठाउँ तथा स्कुलहरुको नामाङ्करण गरिएको पाइन्छ । अझै एउटा रोचक कुरा जैमिनी ऋषि धरोहरको पहिचान र चर्चा हुन थालेको छ ।

ऋषि परम्पराको अग्र पंक्तिमा रहेका महर्षि जैमिनीको जन्मस्थान र तपःस्थली जैमिनिघाट बागलुङ सदरमुकामदेखि करिब बीस किलोमिटर दक्षिण पवित्र कालीगण्डकीको पश्चिम किनार काली र ठेउलेखोलाको दोभान म्याग्दी जिल्लामा पर्दछ ।  जसलाई अहिले ज्यामिरघाट पनि भनिन्छ ।

यो एउटा धार्मिक, एतिहासिक, पर्यटकिय रुपमा परिचित छ तर उचित संरक्षण र सम्वद्र्धन हुन सकेको छैन ।  जैमिनी ऋषिको उद्गम र तपोभुमी यहाँ भएको पचि भारतको कन्यौजगढमा गएको अनुमान गरिएको छ । 

त्यसपछि जैमिनीका सन्तान महादेव र नलभोग जोशी भारतमा भड्किएको राजनितिक तथा धार्मिक प्रभावका कारण इसाईहरुले सनातन धर्मका मानिसहरुलाई धर्मान्तरण गर्न दबाद दिन थालेपछि सनातन धर्म जोगाउन नेपालको अछाम जिल्ला हालको घोडासैन गाविसमा बसेका थिए ।

घोडासैन गाविसको नामाङकरण पनि उनै महादेव जोशीको परिवारबाट रहेको एउटा किम्बदनी अनुसार उल्लेख गरिएको पाइन्छ । एउटा किम्बदनी अनुसार यिनको धार्मिक निष्ठाको परिक्षण गर्न एक जना राजाले आफ्नो घोडा आगनमा सुकाएको बिस्कुनमा छोडिदिए ।

घोडाले बिस्कुन खाँदा समेत महादेब जोशीको ब्राह्मणी घरबाहिर निस्किनन् । सहेर बसिरहिन । त्यो देखेर राजाले तिनका सन्तानहरुलाई घोडालाई सहने घोडासैनी भन्न थालेको र पछि गएर यिनका सन्तान विभिन्न जिल्लामा फैलिएको उल्लेख गरेको पाइन्छ ।

त्यसैले अहिले नेपालमा विभिन्न जिल्लाका घोडासैनी शब्दको भाषिक ,उच्चारणको कारण अपभ्रस भएरले धेरै जैमिनी सन्तान घोडासैनी, घोरसाई, घोरासैनी,घोर्साने, शर्मा, जैसी, जोशी, उपाध्याय पनि लेखेको पाइएको छ ।

 


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan