Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै- के दिबस भट्टराई

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ६ बुधबार |

काठमाडौँ  l मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् कोरियोग्राफर के.दिबस भट्टराई l सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि नेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलको टाईटल समेत जित्न सफल भएका थिए l

इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम बाट फिल्म्स एण्ड जर्नालिज्ममा ब्याचलर समेत गर्दै गरेका के. दिबस भट्टराई छोटो समयमानै फेशन कोरियोग्राफीमा नाम कमाउन सफल भएका छन् l

आधा दर्जन भन्दा बेसी राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिता तथा फेशन शो हरुमा आफ्नो कुशल कोरियोग्राफी गरेर आफुलाई अब्बल बनाउन सफल मोडल तथा कोरियोग्राफर के.दिबस भट्टराईले नेपाल्स चबि मोडल सिजन १ को एसिस्टेन्ट कोरियोग्राफी बाट क्यारियर सुरु गरेर नेक्स्ट सुपर टप्स मोडल, अल स्टार नेपाल नेक्स्ट सुपर टप मोडल,  नेक्स्ट सुपर टप्स मोडल सिजन-२ लगायत अन्य कार्यक्रमा फेशन तथा ग्रुमीङ कोरियोग्राफी गरिसकेका छन् l अहिले उनि नेपाल राइजिङ मोडल तथा पुर्वाञ्चल राइजिङ मोडल नेपालको फेशन कोरियोग्राफीमा ब्यस्त रहेका छन् l

चलचित्र तथा पत्रकारिता बिषयमा अध्यन गरिरहेका के.दिबस भट्टराई भविष्यमा मोडलिङ तथा चलचित्र क्षेत्रको हक उत्थानमा लाग्ने बताउछन त्यसै अनुरुप अहिले उनि मेहनत समेत गर्दैछन l    


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan