Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल भाद्र ८ गते शुक्रवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ८ शुक्रबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । भाद्र महिनाको ८ गते  शुक्रवार ।

अँग्रजी मितिः ई.सं. २०१८ अगस्त महिनाको २४ तारिख ।

तिथीः दक्षिणायन, वर्षा ऋतु श्रावण शुक्लपक्षको त्रयोदशी, १२ः२६ बजेपछि चतुर्दशी । 

योगः सौभाग्य, २१ः१० बजेपछि शोभन ।

नक्षत्रः  उत्तराषाढा, ०७ः४४ बजेपछि श्रवण ।

करणः तैतिल, १२ः२६ बजेपछि गर ।

चन्द्रमाः  मकर राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः३९ बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः३२ बजे ।

राहुकालः १०ः२८ बजेपछि १२ः०५ बजेसम्म ।

यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पूर्व दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन अबरोधको बाबजुत पनि केही महत्त्वपूर्ण उपलब्धि गर्न सकिने छ । राज्यको निकायबाट आवश्यक काम लिन सकिनेछ । मान–सम्मान र उच्च संपर्क विस्तार हुनसक्ने सम्भावना पनि रहेको छ । पेशा तथा व्यवसायको स्तरबृद्धि हुनाले आर्थिक लाभ पनि हुनेछ । राजनीतिक तथा समाजसेवाका कार्यमा जिम्मेवारी मिल्नसक्ने छ । नयाँ कार्यको प्रस्ताव आउन पनि सक्नेछ । आज यहाँलाई रातो रङ्ग, एक अंकको प्रयोग र भैरवदेवको स्तुति आराधना एवं उपाशना गर्नु शुभ हुनेछ । 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही दबाब र अपयशको बाबजुत पनि पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्नसकिने छ । आँतमा खराबी र कान्तिमा मलिनताको संभावना रहेपनि व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्नसकिने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्दा हुनेछ । नौ अंक पहेलो रंगको उपयोग र भगवान हनुमानदेवको स्तुति आराधना गर्नु हितकर हुने देखिन्छ ।

 

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले आहारविहारमा ख्याल पुर्याउनु पर्ला । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नाले आकस्मिक लाभ र अन्तिममा केही सहज हुने देखिन्छ । सावधानि पूर्वक गरिने कार्यबाट केही लाभ पनि हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग र इष्टदेवको साधनामा बृद्धि गर्नु आज तपाईको लागि शुभ हुनेछ ।

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अवसर प्राप्त हुनेछ जसलाई सदुपयोग गर्न भने सक्नु पर्नेछ । दाम्पत्यजीवन तथा प्रेमसम्बन्धमा प्रगाढता छाउने छ । व्यवहारिक कुशलताको विकास हुनेछ भने व्यवसायमा उन्नति हुनगइ लाभ मिल्नेछ । विपरितलिङ्गीको सहकार्यले विशेष काम बनाउन सहज हुनेछ । नातासम्बन्ध एवं आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । सात अङ्क, सेतो रङ्गको प्रयोग र कुमारीदेवीको भक्ति स्तुति फापकर हुनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन शुक्रग्रहको केही अबरोधको बाबजुत पनि पुरुषार्थ बढ्ने दिन देखिएको छ । महत्त्वपूर्ण काम सम्पादन गर्दा शुक्र बाधा निवारणको कुनै उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । उन्माद्लाई संयम गरेर समयको सदुपयोगपूर्वक स्वकर्ममा केन्द्रित हुनसकेमा केही कार्यहरु संपादन गर्न सकिनेछ । विपक्षीसँग रणनीतिक सम्झौता गर्नुले पनि फाइदा गर्नेछ  । व्यवसायमा लक्ष्मीको कृपा प्राप्त हुने र आर्थिकभार हल्टो हुनेछ । आज यहाँलाई छ अंक, हरियो तथा निलो रङ्गको प्रयोग र भैरवदेवको उपाशना गर्नु शुभप्रद हुनेछ ।

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन तपाईँमा रणनीतिक बुद्धिले प्रसय पाउनेछ । केही अहंभावको पनि विकास नहोला भन्नसकिन्न । जनव्यवहारमा ख्याल पुर्याउनु पर्ला । तथापि विद्याविनयता र तर्कबल एवं प्राज्ञिककर्मले उदाहरणीय भूमिका प्राप्त गर्नसक्नेछ । नीतिगत तथा कुट्नैतिक कार्यको प्रस्तुतिमा सफलता र प्रशंसा पनि मिल्ने छ । कलाकौशलता बढ्दो रहनेछ भने दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । व्यापार व्यवसायबाट लाभ एवम् सन्तुष्टि मिल्ने छ । सन्तानको क्षेत्रमा देखिएको समस्यामा कमी आउनेछ । विद्वतवर्गका व्यक्तिलाई ज्ञानविवेकको प्रशंसा मिल्ने योग छ, भद्रतालाई बढाउनुपर्ला । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ । माँ इन्द्रायणीको सेवा आराधना थप शुभदायक हुनेछ ।

 

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन बैठक आदिमा मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहको प्रवलता देखिन्छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । यी सामान्य प्रतिकूलताको बाबजुत पनि सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट आकस्मिक लाभ गर्न सकिनेछ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढेर आएकोले सानातिना काममा सफलता मिल्ने छ । रपनि अल्लि बढी महत्त्व दिएको काममा भने अड्चन नआउला भन्न सकिन्न । नविन कार्ययोजनाको जमर्को हुने तथा प्रस्ताव पनि आउनसक्ने छ । उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायमा प्रगती तथा लाभ हातपार्न सकिने छ । सहयोग पनि प्राप्त हुनेछ । साथै परिश्रमले सफल भैनेछ । खेलकुद आदि प्रतिस्पर्धामा सफलता मिल्ने छ भने अभिष्ट कार्यसिद्धि हुनेछ । दाजुभाईबीचको द्वन्द पनि सुल्झने छ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग र भैरवदेवको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथाबैंकब्यालेन्स बढ्ने छ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ । आज तपाईको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र माँ इन्द्रायणीको सेवा आराधना तथा श्रद्धाभक्ति शुभकर हुनेछ ।

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन अनुकूल रहेको छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न तथा अभिष्ट कार्यमा सफलता प्राप्त गर्न सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । मनलाई प्रसन्न गर्ने मिष्ठान्न भोजनको तारतम्य मिल्नेछ । आज तपाईको लागि एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ । माँ भुवनेश्वरीको स्तुति आराधना तथा उपाशना गर्नु थप शुभकर हुनेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्षको अनुभूति गराउने खालको रहेको छ । साविकभन्दा बढी कोसिस गरेर मात्रै काम सुल्झाउन सकिएला । खर्चका बहानाहरु बढ्नसक्ने र काममा पनि केही झमेला तथा ब्याबधान आउनसक्ने सम्भावना छ । झुटो आरोपको पनि सम्भावना भएकोले सावधानीपूर्वक आवश्यकमात्रै जनव्यवहारमा चेष्टा गर्नु पर्ला । हतारभन्दा पनि सोँचविचार गरेर मात्रै प्रस्तुत हुनु बुद्धिमानी हुनेछ । बुद्धि र संयमको अभ्यासले परिणाम आफ्नो पक्षमा ल्याउन र आकस्मिक केही लाभ एवं उपलब्धि हासिल गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, पहेंलो रङ्गको उपयोग र माँ सन्तोषीको सेवा आराधना तथा उपाशना गर्नु शुभकर हुनेछ ।

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन उपलब्धि हुन खोज्ने तर अपेक्षा गरेजति हुन नसक्ने खालको समय छ । सपना तथा आश्वासन ठूलो हुने तर प्राप्ति हुन हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तो पर्नसक्ने छ । तथापि शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । आँट साहासपूर्वक कुनै कार्यको लागि पूर्वतयारी पूरा गर्ने जस्ता कार्यमा मन दिनु उचित हुनेछ । दुई अङ्क, सेतो रङ्गको प्रयोग र माँ बगलामुखीको दर्शन भक्ति एवं गुरुजनको आर्शिवाद तथा सल्लाहसुझाव ग्रहण गर्नाले अपेक्षित उपलब्धि हातपार्न मद्दत हुनेछ । 

 

 

सम्पर्क बिवरण:-

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  http://www.facebook.com/jyotishdeepakguru   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan