Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला हिंसाको जनआक्रोश

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ १७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं ।  बलात्कारको घटनालाई जघन्य अपराध मानिन्छ । बालिका बलात्कार अमानवीय नृशंस अपराध हो ।

सामाजिक अभियन्ता सावित्री सुवेदीको नेतृत्वमा जितेन बान्तवा, प्रकाश गौतम, दाबिन नोर्वु शेर्पा र हरि दुलालले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै सामूहिक केश मुण्डन गरे ।

त्यस्तै उनीहरुले संविधान संशोेधन गरेर जघन्य खालका बलात्कारका घट्नामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग पनि  राखेका छन् । बलात्कारका घटना सिंगो मानव सभ्यतामाथिकै कलंक हो ।

गत साउनमा मात्रै १८० महिलामाथि हिंसाका घटना भएका छन् । त्यसमध्ये ४३ बलात्कार र छ जनामाथि बलात्कारको प्रयास भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको मासिक प्रतिवेदन हो यो ।

बुधबार मात्रै स्थानीयहरुले चर्को घाममा पुष्पा केसीलाई न्याय दे, बलात्कारीलाई फाँसी दे भन्दै थिए । त्यहि दिन विद्यालयमा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल पक्राउ परे ।

शिक्षाको अभावमा महिला हिंसा बढ्यो भन्न सकिएन । कतिपय पढेलेखेका युवाहरुको सिकारमा यूवती परेका उदाहरण थुप्रै छन् । देशभर बढिरहेको बलात्कारका घटनाका विषयमा सडकदेखि सदनसम्म जनआक्रोश बढेको छ ।

 इनरुवा नगरपालिका ६ मधेशा हलेसी चोक नजिक गत शनिबार राति एक महिला बलात्कृत, कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकारले गम्भीर ढंगले छानबिन नगरेको प्रकरण एक दृष्टान्त जस्तै बनेको छ । प्रहरी प्रशासन नै यसमा कमजोर भएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलले संसदलाई दिएको जवाफ आफैमा अपुरो थियो । भयो तेस्तै, उनले पकाउ परेका भनिएका ब्यक्ती दोषी हुन भन्न असहज भएको छ । घटनाले अर्कै रुप लिएको छ । बनावटी प्रहरीको जवाफ जनताले लत्याइदिए ।

उक्त घटनाप्रति राज्य गम्भीर हुन नसक्दा घटनाले अनपेक्षित मोड लियो। बालिका बलात्कारका घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग चौतर्फी बढिरहेका बेला उक्त घटनामा प्रहरीको संवेदनशीलता सहज देखिएन । दोषीमाथि कारबाहीको माग गरी जनता सडकमा ओर्लिएपछि प्रहरीले गोली बर्सायो ।

जसका कारण एकले ज्यानै गुमाए । धेरै घाइते नै भए । सो घटनाप्रति प्रहरीले बेलैमा आवश्यक संवेदनशीलता नदेखाउँदा प्रहरीको कार्यक्षमतामाथि नै जनविश्वास गुम्न पुग्यो । दोषी पत्ता लगाउन नसकेको र जनतामाथि दमन गरेको भन्दै संसदमा समेत प्रहरीको तीव्र आलोचना बढेको छ ।

स्थानीय घटनाको अनुसन्धानमा प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै आक्रोशित भएका छन् । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक बालकले अनाहकमा ज्यान गुमाउन पुगे । स्थिति गम्भीर मोडमा पुगेको छ  ।

प्रहरीले अपराधी जोगाउन खोजेको आरोप चिर्न पनि प्रहरी प्रशासन सक्रिय र संवेदनशील बन्नैपर्छ । समाजमा हिंसा र अपराधका घटना बढ्नु प्रहरीका लागि पनि चुनौतीको विषय हो । पीडितलाई न्याय दिलाउने र पीडकलाई सजायको भागीदार बनाउन प्रहरीको भूमिका सशक्त हुनुपर्छ ।

अहिले सडकमा बढिरहेको जनआक्रोशलाई प्रशासनले दमन गरेर नियन्त्रण गर्न खोज्दा स्थितिले झनै गम्भीर मोड लिनसक्छ । त्यसैले, नागरिकको भावनाअनुरुप जनसुरक्षाका लागि आवश्यक रणनीति समयमै अबलम्बन गर्नु पर्छ ।

महिलामाथि हुने सबै प्रकारका विभेदविरूद्धको महासन्धि  अन्तराष्ट्रिय अभिसन्धिहरूले शारिरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक एवं कुनै किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय भनेकाले महिलामाथि हुने जघन्य अपराध -हत्या बलात्कार बोक्सी आरोपमा उत्पीडन, दाइजोको निहुँमा हुने कुटपीटबाट पीडितलाई उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै त्रुटीपूर्ण सामाजिक मूल्यमान्यता, प्रथा,परम्परा, अन्धविश्वास, शोषणविरूद्ध स्थानीय तह, प्रदेश र संघीय तहमा सञ्चार जगत, नागरिक समाज र सरोकारवालाहरूको सहभागितामा व्यापक जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि सबै क्षेत्र सचेत हुन जरुरी छ । यसबारेमा राज्यले हदै सम्मको ऐन तयार गरि कार्यनयन गनुपर्ने देखिन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan