Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्रीका लागि कांग्रेस भन्दा माधव नै वाधक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल यतिबेला आफ्नै पार्टीको नेतृत्वप्रति असन्तुष्ट छन् ।

कुनै समय तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बदला लिन माओवादी केन्द्रसंग मिलेरै सेखी झार्छु भनेर हिंडेका माधव नेपालले पार्टी एकता भएपछि आफ्नो अड्कल फेल खाएपछि चिन्तामा परेका छन् ।

अहिले उनकोे खेमा पुरै पार्टी नेतृत्व र आफ्नै पार्टीको सरकारप्रति असन्तुष्टि जनाइरहेका छन् । चाहे त्यो हत्या, हिंसा र बलात्कारको काण्डले होस् वा पार्टी र सरकारले आफ्नो खेमाका नेताहरुलाई उचित स्थान नदिएर होस् ।

बहाना उचित सम्मान नपाएको भए पनि अहिले देखाउनका लागि भने सरकारको काम कारबाही ठीक नभएको बताइरहेका छन् । यसपटक ओली नेतृत्वको सरकारले केही पनि कामै नगरेको भन्दै आक्रोशित देखिएका छन् ।

सत्ताधारीकै खेदो खनेको भन्दै उनीबिरुद्ध ओली समुह पनि शसक्त भएको छ । त्यसो त प्रधानमन्त्रीका लागि कांग्रेस भन्दा माधव नै वाधक भएको चर्चा चुलिएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कुनै पनि विषयमा नेपालसंग सरसल्लाह नगरेपछि नेपालको  आक्रोश बढेको हो । त्यसैगरी उनी पक्षिय नेताहरुलाई बालुवाटार प्रवेशमा प्राथमिकता छैन् । पार्टीका को को भनेर तोक्न त मलाई अप्ठेरो हुन्छ तर एउटा सानो सर्कल मात्र बालुवाटार आउजाउ गर्छ ।’

त्यसो त माधव नेपाल पक्षधर चर्चित युवा नेता योगेश भट्टराईलाई समेत प्रधानमन्त्री भइसकेपछि पटक पटक ओलीले हप्काएको चर्चा सेलाएको छैन । माधव पक्षका नेताहरुले सामाजिक संजालहरुमा सरकारी कामकाजको विरोध गर्न थालिसकेका छन् ।

‘प्रमुख प्रतिपक्षी काँँग्रेस सुतेको छ, अब उसको भूमिका हामी खेल्छौं सो समुहकाएक नेताले भने । काँग्रेसले उठाउनु पर्ने मुद्दाहरु हामीले उठाएर यो सरकारलाई नैतिकवान बनाउने प्रयास गर्छौं ।’ उनले थपे । 

‘ओली कामरेडका काम गर्न दिएको निर्देशन र काम गर्ने लिष्टले नेपाल अबको चार वर्षमै विकसित राष्ट्र बन्नेछ । तर के गर्ने जोरपार्टीमा पानीजहाज चलाउन अल्लि मिलेन ।’ ब्यंग्य चर्किएको छ ।

अहिलेको सरकार ‘कर’ देखि ‘यातायात सिन्डिकेट, सुनकाण्ड, हत्या, बलात्कार जस्ता धेरै घटनामा अनावश्यक फसिरहेको छ, अभियान टाइम्समा उल्लेख छ ।

ओलीले आफ्ना कार्यकर्तालाई विपक्षी विरुद्ध अरिंगाल खनिएझैं खनिनु भनिरहेका बेलामा जब आफ्नै पार्टीका नेताहरु पनि विपक्षीजस्तै बने भने के जस्तो गरी खनिन भन्ने होलान् ?

नेपाल पक्षका एक नेताले भने, ‘हामी त लोकतन्त्रमा विश्वास गर्छौं चित्त नबुझे खुलेआम भन्ने हो । यो सरकारले राम्रा काम गरेको छैन भने सल्लाह दिने हो । हामी अरिंगाल हैनौं । प्रतिपक्षीलाई पनि साथमा लिएर विकासको काममा हिंडौं भन्ने हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan