Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वडा अध्यक्ष शैक्षिक विकास कोषको वार्षिक कार्यक्रम सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ६ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,६ असोज । काठमाडौं स्थित चन्द्रागिरी नगरपालीका वडा न. १५ को  'वडा अध्यक्ष शैक्षिक विकास कोष' को वार्षिक कार्यक्रम आज सम्पन्न भएको छ ।

संघीय सांसद कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्य र प्रदेश सांसद  केशव पोखरेलको विशेष आतिथ्यमा शैक्षिक विकास कोषले एक कार्यक्रम गरि प्रथम वार्षिक उत्सव भब्यरुपमा मनाएको हो ।

कोषका अध्यक्ष गोविन्द शरण भण्डारीको अध्यक्षतामा कोषको प्रथम वाषिर्कोत्सव कार्यक्रममा २०७४ का एसइइ उत्कृष्ट, सर्वोत्कृट छात्रछात्राहरूलाई सम्मान तथा बधाई एवं शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।

उक्त शैक्षिक विकास कोषको स्थापना १५ वडाका अध्यक्ष उत्तमबहादुर राउतले गरेका हुन् । अध्यक्ष उत्तमबहादुर राउत र वडा सदस्य माधव केसीले एक बर्ष अघि देखि नै आफ्नो तलव,भत्ता सोहि कोषलाई प्रदान गर्दै आएका छन् ।

संघीय सांसद श्रेष्ठले समेत असोज महिनाको तलब उक्त अक्षय कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

वडा न.१५ स्थित तीनथाना ,मुनाल क्लवमा आयोजित कार्यक्रममा स्थानिय बिद्यालयका छात्रछात्राहरूले उत्कृष्ट नाचँगान समेत प्रस्तुत गरेका थिए ।

 

शैक्षिक विकास कोषको सदस्यमा गढिडाँडाबाट २३ जना सहभागी
चन्द्रागिरी नगरपालीका वडा न. १५ को  वडा अध्यक्ष शैक्षिक विकास कोषमा गढिडाँडाबाट २३ जना ब्यक्ती सहभागी भएकाछन् ।

एक दिनको रु १ शिक्षाका लागि सहयोग भन्ने मुलमन्त्रलाई मध्य नजर गर्दै उक्त क्षेत्रका २३ ब्यक्तीले एक बर्षको रकम सहित आज सदस्य बनेका हुन् ।

यसरी सदस्य बन्नेहरुमा भीमबहादुर केसी, कर्ण भुवाजी, श्याम केसी,पल्लव अधिकारी,कृष्णप्रसाद पौडेल,कमलादेवी पौडेल,सुलोचना पन्त, सुनिल लामिछाने,मिश्रीदेवी भण्डारी,उषा थापा,प्रकाश थापा,डा मधुसुदन गिरी,केशब थापा,भगवती भण्डारी,जुना पौडेल,युवा श्रेष्ठ, बलराम झा, कविता राउत, शर्मिला राउत, यादवप्रसाद शर्मा, छायाचन्द्र भण्डारी, रिता केसी, कपिल केसी रहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan