Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेकपामा नेपालभन्दा बादल अघि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला र प्रदेश कमिटीको जिम्मेवारी वाँडफाँडको विषयलाई लिएर उक्त पार्टीभित्र पुनः विवाद सुरु भएको छ ।

पार्टीका वरिष्ठ नेता माधकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ देशबाहिर रहेको अवस्थामा गत शुक्रबार बसेको सचिवालय बैठकले सातै प्रदेशको संगठनको टुंगो लगाएको थियो ।

पार्टीका मुख्य नेताहरु देशमा नभएको मौका छोपी बिना मापदण्ड नै प्रदेश इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको भन्दै केन्द्रदेखि जिल्ला तहसम्मै अर्को विवाद सुरु भएको छ ।

पार्टीे एकीकरण पछि गुटगत राजनीतिमा तेस्रो स्थानमा रहेका वरिष्ठ नेता नेपाल पक्ष यतिबेला चौथौ नम्बरमा परेको छ । अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालभन्दा पछाडि गृहमन्त्री रामबहादुर थापा गृहमा अगाडि देखिएका छन् ।

प्रदेश र जिल्ला तहको अधिकार र जिम्मेवारी बाँडफाँडका क्रममा पार्टीभित्र चल्दै आएको गुटगत राजनीतिमा अब नेपालभन्दा थापा अगाडि लागेका छन् । माधव नेपाल देश बाहिर रहेकाले उनको उपस्थितिका लागि सीमित पदमात्र दिइएको छ भने पार्टीका अर्का नेता झलनाथ खनाल पक्षको नामो निशाना नै हराएको छ ।

सचिवालयले टुंग्याएको नेतृत्व र सदस्यहरुको नामावली स्थायी समिति बैठकले पास गरेपछि औपचारिक रुपमा नेकपाको प्रदेश कमिटी गठन हुनेछ ।

तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली शनिबार अमेरिका गएका र एक हप्तापछि मात्रै फर्किने भएकाले स्थायी समितिको बैठकको मिति नतोकिएको प्रदेशमा जिम्मेवारी तोकेर बाँडफाँड गरिएको हो । नेकपामा अझै जनसंगठनको एकता टुंगो लगाउन पनि बाँकी नै छ ।

प्रदेश कमिटीको नेतृत्वमा पूर्व एमालेबाट १५ जना र माओवादीबाट १३ जना नेतालाई जिम्मेवारी दिइएको छ । यसलाई आधार मान्दा प्रदेशको समग्र नेतृत्वमा पूर्वएमाले र माओवादीको ५४–४६ प्रतिशत शक्ति सन्तुलनको प्रतिनिधित्वका आधारमा भागबन्डा लगाइएको छ ।

सचिवालयबाट परिमार्जित मापदण्डका आधारमा तल्ला कमिटीको नेतृत्व टुंग्याउनुपर्ने वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठले समान अडान राख्दै आएका थिए ।

तर, वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ विदेश भ्रमणमा रहेकै बेला बिना मापदण्ड प्रदेशको नेतृत्व टुंग्याइएको भन्दै ती निकट नेताहरुमा असन्तुष्टि जनाएका छन् । दुवै पार्टीको साबिकको कमिटीमा वरिष्ठतामा अगाडि रहेकालाई नेतृत्वमा प्राथमिकता दिनुपर्ने अडान उनीहरुले अघिल्लो सचिवालय बैठकमा राखेका थिए ।

प्रदेश १ मा र ५ मा मुख्यमन्त्रीलाई नै इन्चार्जको जिम्मेवारी तोकिएकोमा नेपालसहित तीन नेता असन्तुष्ट बनेका छन् । सरकारको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेकालाई नै पार्टीमा पनि कार्यकारी जिम्मेवारी दिनु न्यायोचित नभएको तथा जिम्मेवार नेताहरु नै अवसरबाट बञ्चित भएको उनीहरुको तर्क छ ।

प्रदेश १ मा पूर्वएमालेमा वरिष्ठतामा अगाडि रहेका अध्यक्ष प्रबल दाबेदार नेता जगन्नाथ खतिवडाले अध्यक्षले गरेको निर्णयलाई नेतृत्वको सिन्डिकेटले पार्टीमा विम्स्टेक स्थिति उत्पन्न हुन सक्ने भन्दै आपत्ति नै जनाएका छन् ।

कुनै उचित आधार तथा मूल्यांकनको प्रणाली कमिटीगत निर्णयबाट स्वीकृत नै नगरी अनिवार्य निर्णय गर्नुपर्ने स्थायी कमिटीलाई अबमूल्यन गरेको देखिने गरी मनोमानी पजनी गरेको नेपाल पक्षका नेताहरुको भनाइ छ ।

कर्णाली प्रदेशका लागि सचिवमा प्रस्तावित थापा निकट मायाप्रसाद शर्माले पनि आफू उक्त पदमा नरहने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा नै गरिसकेका छन् ।

नेकपाको प्रदेश संगठन कमिटीको नेतृत्वमा अध्यक्ष केपी ओली हावी भएका छन् । ओलीले आफू निकट दस नेतालाई जिम्मेवारी दिएका छन् ।

इन्चाजएको जिम्मेवारी पाएका सत्यनारायण मण्डल, पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल, सहइन्चार्जको जिम्मेवारी पाएका खगराज अधिकारी, अध्यक्षहरु क्रमशः देवराज घिमिरे, गोरखबहादुर बोगटी र कर्णबहादुर थापा, सचिवहरु क्रमशः आनन्दप्रसाद पोखरेल, गोविन्द नेपाली र सुमन प्याकुरेल अध्यक्ष ओलीनिकट नेताहरु हुन् ।

अर्का अध्यक्ष दाहालले पनि आफू निकटका आठ जनालाई जिम्मेवारीमा पुर्याएका छन् । वरिष्ठ नेता माधव नेपाल निकटका अष्टलक्ष्मी शाक्य, भीम रावल र भीम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

रामबहादुर थापा निकट सावित्रीकुमार काफ्ले र लक्ष्मण जोशीले सहइन्चार्ज तथा मायाप्रसाद शर्मा र नेपबहादुर चौधरीले सचिवको जिम्मेवारी पाएका छन् ।

वामदेव गौतम निकट यमलाल कँडेल र दलबहादुर राना तथा नारायणकाजी श्रेष्ठ निकट विश्वनाथ शाहले सहइन्चार्जको जिम्मेवारी पाएका छन्, देशान्तरमा उल्लेख छ ।

समग्रमा हेर्ने हो भने पछिल्लो समयमा नेकपाभित्र बढ्दै गएको गुटगत राजनीतिमा गौतम, थापा र श्रेष्ठले माधव नेपाल पक्षलाई सघाउने तयारी गरिरहेका छन् ।

यसो भएमा नेपाल पक्ष र दाहाल पक्षको मत बराबारी रहनेछ । तर, यस विषयमा दुवै नेताहरु नेपाल फर्किएपछि पुनः छलफल हुने बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan