Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रसङ्घमा प्यालेष्टिनी राष्ट्रपतिको वक्तव्य शान्तिका लागि महत्वपूर्ण ः प्रवक्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ९ मंगलबार |
newsabhiyan

रामाल्ला, ९ असोज (रासस÷सिन्ह्वा) : प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्वासद्वारा राष्ट्रसङ्घको महासभामा दिइने वक्तव्य शान्तिका लागि गरिने महत्वपूर्ण अनुरोध हुने उहाँका प्रवक्ताले मङ्गलबार जनाएका छन् ।

उहाँले यो सम्बोधन नै प्यालेष्टिनी शान्तिका लागि अन्तिम मौका भएको बताउनुभयो ।
“राष्ट्रपति महमुद अव्वसद्वारा राष्ट्रसंघीय महासभामा आगामी बिहीबार गर्ने सम्बोधनले हाम्रा जनताले भोग्दै आएको गम्भीर चुनौतिहरूलाई समाधान गर्ने बाटोबारे प्यालेष्टिनी विचार प्रस्तुत गर्नुहुनेछ र यसले सम्भवत विवादबारे सही प्रतिनिधित्व गर्नेछ,” प्रवक्ता नविल अबु रुदेनेहलाई उद्धृत गर्दै प्यालेष्टिनी समाचार संस्था डब्लुएफएले उल्लेख गरेको छ ।
प्रवक्ता रुदेनेहले थप्नुभयो, राष्ट्रपतिको वक्तव्यले प्यालेष्टिनीहरूको बृहद् रणनीतिबारे रूपरेखा प्रस्तुत गर्नेछ जसले यस क्षेत्र र विश्वको शान्तिका लागि महत्वपूर्ण प्रभाव छोड्नेछ ।

प्यालेष्टिनी जनताले अस्वीकार गर्ने कुनै पनि सम्झौता, निर्णय र गतिविधि उनीहरूको वैध नेतृत्वका लागि अस्वीकार्य रहने उहाँको भनाइ थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan