Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र ‘प्रेमलिला’ को फस्ट लुक सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधबार अनामनगरमा आयोजिक कार्यक्रममा चलचित्रको पहिलो झलक सार्वजनिक गरिएको हो । योसँगै चलचित्रले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ । फस्ट लुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ ।

चलचित्रमा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ । खान र खड्काले यसै चलचित्रबाट डेब्यु गरेका हुन् ।

दीपशिखाले यसअघि केही चलचित्रमा अभिनय गरे पनि ‘प्रेमलिला’ नै आफ्नो डेब्यु फिल्म रहेको बताइन् ।‘ गर्न त मैले आठ वर्षको अवधिमा थुप्रै फिल्ममा अभिनय गरें तर मलाई कुनै पनि चलचित्रले चिनाएनन् । त्यसैले मैले पनि यसलाई डेब्यु फिल्म नै ठानेकी छु,’ खड्काले भनिन् ।

उनले चलचित्रको गेटअपमा रहन सुटिङदेखि अहिलेसम्म ५ चोटि कपाल काटेको बताइन् ।  दुबईमा मोडलिङ गर्दै आएका अलि खानले चलचित्रमा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् ।

उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले चलचित्र खेल्न एप्रोच गरेका कारण चलचित्र खेलेको बताए । उनले भने, ‘दुबईमा दीपशिखासँग भेट भएको थियो । उनले चलचित्रको बारेमा बताएकी थिइन् । पछि कथा चित्त बुझ्दो भएपछि खेल्न राजी भएको हुँ । आगामी दिनमा पनि नेपाली चलचित्र खेल्न तयार छु ।’

दीपशिखा खड्काकै कथा तथा लेखन रहेको चलचित्रलाई पवन गौतमले खिचेका हुन् । जनक पाण्डेले निर्देशन गरेकोमा चलचित्रमा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan