Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नविना जी सस्तो राजनिति नगर्नुस् ! 'गुण्डा छुटाउन नमानेपछि आइजीपी सर्बेन्द्रको राजिनामा'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १९ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नविना लामा युवा पिंढिकी आर्कषक हुन् । तर उनका पछिल्ला हर्कतले सिमा नाघेको चर्चा हुन थालेको छ ।

नविना लामाले गुण्डा छुटाउन दवाव दिएको र प्रहरीले उक्त कुरा नमानेपछि आइजीपी सर्बेन्द्रको राजिनामा मागेको खबरले सामाजिक सञ्जाल अर्थात फेसबुकमा ब्यापकै भएको छ ।

नविनाले राजिनासँगै निर्मलाको न्यायको कुरा उठाएकीछन् । यदि निर्मला को न्यायको लागि हो भने अहिलेसम्म केलाइ पर्खेर बसेका भनेर फेसबुकमा जीपी लामिछानेले कुरा उठाएकाछन् । जीपी लामिछानको प्रश्न हजारौंको हो ।  नविना जी सस्तो राजनिति नगर्नुस् । आम नागरिकले प्रश्न गरेकाछन् ।

काभ्रेका केही आपराधिक समुहलाई संरक्षण गर्दै आएकी सांसद नबिना लामा नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाल बिरुद्ध योजनाबद्ध बिरुद्ध लागेको खुलासा भएको छ ।

गत महिना महानगरीय अपराध महाशाखाले गुण्डा नाईके सत्यमान लामालाई पक्राउ गरी आबाश्यक मुद्दा चलाएपछि सांसद नबिना प्रहरी बिरुद्ध खनिएकी थिईन ।

गुण्डा नाईके लामालाई महाशाखाले गुण्डागर्दी गरेको आरोपमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न थालपछि सत्यमान छुटाउन उनी ज्यानै छाडेर लागेको चर्चा भएको थियो । यसको लागी उनले नेपाल प्रहरीका आईजी खनाल देखी गृहसचिव प्रेम राईलाई समेत दबाब दिएकी थिइन् ।

यो पनि पढ्नुहोस् ।

नेपाल प्रहरीका आइजीपी खनालले अमेरिका जानु अघि गरे २ दर्जन निर्णय ( निर्णयको सूचि सहित)

सत्यमानको संंरक्षण गर्दै आएकी आइजिपी हटाउने खेलमा
पछिल्लो समय उनी सहित एउटा झुण्ड बिहीबार गृह मन्त्रालयमा पुगेर आइजिपी खनालको बर्खास्तको  माग गरिन् । अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी सांसदले विद्यार्थी संगठनको बदनाम गर्दै प्रहरी प्रमुखको बर्खास्त माग गरेकी हुन् । आफुले भनेको नमानेपछि विद्यार्थी संगठनकै नाममा उनले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएकी हुन् ।

आइजिपीको बर्खास्त माग गरेलगत्तै अधिकांशले उनलाई सामाजिक संजालमा ‘उडाएका’ छन् । काठमाडौं परिसरबाट छुटे लगत्तै लामालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।

डलरको अबैध कारोबार गरेको आरोपमा पक्राउ परेका लामालाई छुटाउन फेरि  सांसद लामा एसएसपी धिरजप्रताप सिंहसमक्ष पुगेकी थिईन ।

सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग्दै गृहमन्त्री रामबहादुर थापा “बादल”लाई ज्ञापनपत्र बुझाएपछि त्यसप्रति विद्यार्थी नेता तथा उपराष्ट्रपतिपूत्र दिपेश पुनले कडा आपत्ति जनाएका छन् । त्यस्तै आपत्ती सामाजिक सञ्जालमा भाइरल भएको छ । 

पुनले फेसबुकमा स्टाटस लेख्दै आफ्ना नेताहरुको कार्यलाई “सस्तो लोकप्रियता” र “बजार विज्ञापन”को संज्ञा दिएका छन् ।
तत्कालीन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष समेत रहेका दिपेशले आफ्ना साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्षी भएको आरोप लगाएका छन् ।

उनले दुबै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्ष भएर हल्काफुल्कारुपमा प्रहरी महानिरीक्षकको राजीनामा मागेको आरोप लगाएका छन् ।

सरकारविरुद्व चोतर्फी घेराबन्दी भइरहेको बेला नेपाल सरकारको मेरुदण्ड नेपाल प्रहरी संगठन प्रमुखको राजीनामाको मागपत्र बुझाइएकोमा उनले आपत्ति जनाएका छन् ।

यसलाई उनले “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” भनेका छन् । “यो दुईचार दिनको सस्तो लोकप्रियता र बजार विज्ञापन बाहेक केही होइन”,


दुबै विद्यार्थी संगठनका अध्यक्षहरु नविना लामाको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा “बादल”लाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरिएको थियो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan