Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसभित्र उठेको आन्तरिक लोकतन्त्रको प्रश्नको जवाफ दिने गरी विधान परिमार्जन गछौँ : प्रदिप पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज १९ शुक्रबार |
newsabhiyan
newsabhiyan

प्रदिप पौडेल, नेता, नेपाली कांग्रेस, नेपाली कांग्रेस यतिबेला विधान संशोधनको कसरतमा लागेको छ । चुनावमा अनपेक्षित पराजय बेहोरेको कांग्रेसले विधान संशोधन गर्दै पार्टीलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रयास गरेको हो । विधान संशोधनका क्रममा सभापतिको अधिकार बढाउने वा घटाउने भन्ने विषय चर्चामा छ । यिनै विषयमा ऋषि धमलाले कांग्रेसका नेता प्रदिप पौडेलसँग कुराकानी गरेका छन् । विधान मस्यौदा समतिका सदस्यसमेत रहेका पौडेलसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली काग्रेसका सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधन हुन लागेको हो ?
नेपाली कांग्रेसले सभापतिलाई शक्तिशाली बनाउनका लागि विधान संशोधन गर्न लाग्यो भनेर जसरी बाहिर चर्चा भइरहेको छ, त्यसमा सत्यता छैन । विभिन्न विषयमा छलफल हुँदा केही साथीहरुले सभापतिलाई अधिकार थप्ने कि भन्ने कुरा गरेका हुन् । सभापति निर्वाचित गर्ने दायरा पनि फराकिलो हुनुपर्छ भन्ने कुरा पनि आएको छ ।

विधान परिमार्जनको विषयमा किन कुरा मिल्न सकेन ?
विधानको बारेमा छलफल हुनु सामान्य कुरा हो । केन्द्रदेखि तल्लोतहसम्म छलफल भइरहेको छ । धेरैभन्दा धेरै साथीहरुको विचार लिएर विधानलाई लोकतान्त्रिक, व्यवहारिक र समय सापेक्ष बनाउने प्रयास भइरहेको छ । हामी उत्कृष्ट विधान बनाउने अभियानमा छौँ । कांग्रेसभित्र उठेको आन्तरिक लोकतन्त्रको प्रश्नको जवाफ दिने गरी विधान परिमार्जन गछौँ ।

कांग्रेसका एकथरी नेताहरु सभापतिलाई अधिकार थप्नुपर्छ भनेर जोडतोडले लागेका छन् नि ?
क्रियाशील सदस्यहरुकै भोटबाट सभापति निर्वाचित हुने विधि अपनाउने हो भने सभापतिले सबै जस अपजस लिने गरी अधिकार पनि थप्ने कुरा हुन सक्छ । केही साथीहरुले सभापतिय प्रणालीको कुरा नगरेका पनि होइनन्, तर धेरै साथीहरुले सामुहिक नेतृत्व प्रणालमा जानुपर्छ भन्ने धारणा राख्नुभएको छ ।

आगामी महाधिवेशनपछि पनि आफैँ सभापति हुने सोचमा रहेका शेरबहादुर देउवाले आफू निकट नेताहरुलाई सभापतिको अधिकार थप्न निर्देशन दिएको भन्ने चर्चा छ । तपाई के भन्नुहुन्छ ।
मलाई त्यस्तो लाग्दैन । देउवा आफैँ उम्मेदवार बन्ने कुरा अस्वभाविक होइन । तर विधान यस्तै बन्नुपर्छ भनेर हस्तक्षेप गर्नुभएको छैन । अहिले पनि सभापतिलाई अधिकार नभएको होइन । सभापति नै शक्तिशाली भएको अवस्था हो । योभन्दा बढि अधिकार थपिन्छ जस्तो मलाई लाग्दैन ।

अहिले कांग्रेस कमजोर भएको छ । कतिपयले त सभापतिलाई अधिकार नदिइएकाले समस्याआएको बताउने गरेका छन् ?
सभापतिलाइ अधिकार नदिइएकाले कांग्रेस कमजोर भएको होइन । राम्रोसँग व्यवस्थापन हुन नसकेर कमजोर भएको हो । पार्टीलाई प्रभावकारी रुपमा नेतृत्व गनुपर्यो । विकृति हटाउँदै पार्टीलाई आधुनिक तरिकाले अगाडि बढाउनुपर्यो ।

विधान मस्यौदा समितिले के काम गर्यो ?
हामीले विधान परिमार्जनका लागि देशका १२ स्थानमा सुझाब संकलन गर्यौँ । आएका सुझाबका बारेमा पनि हामीले छलफल गर्यौँ । छलफल अझै जारी छ । दशैँ अगाडि नै समितिले विधानको खाका तयार पार्छ । दर्शँपछि केन्द्रिय समितिमा छलफल गरेर विधान टुङ्ग्याउँछौँ । त्यसपछि मंसिरमा बस्ने महासमिति बैठकमा पेश गर्छौँ ।

अहिलेको सरकारले गरेको काम कस्तो लागिरहेको छ ?
सरकारले कस्तो काम गरेको छ भन्ने कुरा जनताले महसुश गरिरहेका छन् । सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन । व्यवहारिक रुपमा सरकार असफल भएको छ । अपराधिक घटना, महङ्गी, कालोबजारी बढेको छ । विकास निर्माणको काम प्रभावकारी रुपमा हुन सकेको छैन । भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । सरकारले पासमार्कसमेत ल्याउन सकेको छैन । यस्तै अवस्था कायम रह्यो भने सरकारविरुद्ध आवाज उठ्ने क्रम बढेर जान्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan