Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केपी ओलीको विहानी राम्रो देखिएन,सरकार शक्तिशाली भन्नु नै भ्रम : सुरेन्द्र केसी

निर्मला प्रकरणका दोषीलाई उन्मुक्ति दिने प्रयास

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २२ सोमबार |
newsabhiyan
newsabhiyan

 काठमाण्डौ । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले निर्मला हत्या प्रकरणको सरकारी प्रतिवेदनले जनमानसमा उठेको आशंकालाई पुष्टी गरेको बताएका छन् ।

सरकारद्धारा गठित उच्चस्तरीय छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदन हिजो सार्वजनिक भएको थियो । प्रतिवेदनले अहिलेसम्मको अनुसन्धानमा त्रुटी भएको औँल्याउँदै प्रभावकारी छानविन गर्न सुझाब दिएको छ ।

डा. केसीले प्रतिवेदनले औँल्याएका विषयमा अबको अनुसन्धान हुनुपर्नेमा जोड दिए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले प्रहरीले गरेका कमी कमजोरीलाई प्रतिवेदनले उजागर गरेकाले सोहीअनुसार अब सरकारले कदम चाल्नुपर्ने बताए ।

प्रतिवेदनलाई दराजमा थन्क्याउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने केसीको भनाई छ । तर सरकारले नै दोषीलाई उन्मुक्ति दिने आशंका उब्जिएको केसीले बताए ।

कञ्चनपुरका केही नेताहरु र गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्ति नै दोषीलाई जोगाउने खालको भएको भन्दै केसीले अझै बढि जनदबाब दिनुपर्ने बताए ।

जिम्मेवार निकायलाई जवाफदेहिताको दायरामा ल्याएर दोषीलाई कारबाही गर्ने कुरामा सरकार प्रतिवद्ध हुनुपर्ने केसीको तर्क छ ।

केसीले प्रधानमन्त्री केपी ओली असफलताको बाटोतिर हिँडेकोसमेत बताए । “विहानीले दिउँसोको संकेत गर्छ । केपी ओलीको विहानी राम्रो देखिएन । अहिलेको सरकार शक्तिशाली भन्नु नै भ्रम हो ।”

सरकारले कुनै पनि काम प्रभावकारी रुपमा गर्न नसकेको केसीको जिकिर छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan