Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिकित्सक थपिएपछि उपचारमा सहज

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २२ सोमबार | (रासस)
newsabhiyan

दाङ, २२ असोज । दरबन्दीअनुसारका चिकित्सक नहुँदा आम नागरिकले उपचार पाउन नसकेको राप्ती अञ्चल अस्पतालमा अहिले एक शल्य चिकित्सक सहित चार चिकित्सकले सेवा दिन थालेका छन् ।

उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहतमा गएपछि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा सल्यचिकित्सक जनार्दन पन्थीका साथै स्वास्थ्य सेवा विभागले दुई र तुलसीपुर उपमहानगरपालिकाले एक चिकित्सकलाई उक्त अस्पतालमा सरुवा गरेको हो ।

लामो समयसम्म रिक्त रहेको दरबन्दीमा थप नौ नर्स पनि सरुवा भएर आएको उक्त अस्पतालका निमित्त प्रमुख डा सर्वेश शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि विशेषज्ञ चिकित्सकको अभावले सामान्य बिरामीलाई पनि अन्यत्र पठाउनुपर्ने बाध्यता रहँदै आएकामा अब भने अस्पतालको सेवा प्रभावकारी हुने भएकोे छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan