Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ असोज । ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुने भएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यको सारलोटको क्विन सिटीमा आगामी डिसेम्बर २२ तारिखमा आवार्ड आयोजना गरिने भएको हो ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्न लागिएको आयोजकले प्रेश विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

जिएनएफए र लभ एन्ड सर्पोट फाउन्डेशन (501C-3) युएसएको संयुक्त आयोजनामा हुने यो अवार्डको आयोजकमा युएसएबाट मनोज राई, लभ एन्ड सर्पोट फाउन्डेशनका निर्देशक शिव विष्ट रहेका छन् भने नेपालबाट नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठ संयोजक रहेकाछन् ।

विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोबल’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै सिनेमाको बजार प्रवद्र्धन, पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवार्डका लागि चाँडैनै छनोट समिति गठन हुने र त्यसपछि पत्रकार भेटघाट गरिने नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, लभ एन्ड सर्पोट फाउन्डेशनका अध्यक्ष मनोज राईद्वारा जारी गरिइएको विज्ञप्तिमा भनिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan