Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक शिव परियारको दशैं तिहारमा फ्यानहरुलाई 'सुनको माया' उपहार सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपालीहरुको महान पर्व शुभ बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा चर्चित गायक शिव परियारले आफ्न फ्यानहरुको लागि 'सुनको माया' बोलको गीत उपहार दिएका छन् ।

लोक रक जनराको गीत आज आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै आफ्ना शुभचिन्तकहरुको लागि उपहार स्वरुप रिलिज गरिएको बताएका छन् ।

आफ्नो ११ औं एल्बम 'शिवालय' मा समावेश 'सुनको माया' बोलको गीत आज रिलिज गरिएको हो । सार्वजनिक 'सुनको माया' बोलको गीत शिव परियारको अहिले सम्मको गीत भन्दा निकै फरक रहेको गायकले शिवले बताएका छन् । डान्सिङ फ्लेवरको यो गीतबाट दर्शक स्रोताहरुले फरक स्वाद प्राप्त गर्ने गायक शिवको भनाई रहेको छ । 

सार्वजनिक गीतमा शिव परियारको स्वर र संगीत रहेको छ भने श्वेता मैनालीको शब्द रहेको छ । गीतमा मन्जिल बिक्रम केसीको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ । गीत जस्तै म्युजिक भिडियो पनि निकै रमाइलो बनेको छ ।

बिकास सुबेदी निर्देशित भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ ।गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan