Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशैं रन फर गुड हेल्थ हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार |
newsabhiyan

उज्ज्वल तारा स्कुल काँडाघारीले वडा दशैंको अवसरमा यही २७ असोज शनिवार दोस्रो पटक ‘दशैं रन फर गुड हेल्थ’ प्रतियोगिता गर्ने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक, हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा सो दौड आयोजना हुन लागेको हो ।


स्वास्थ्यबारे सचेतना, मनोरञ्जन तथा वडा दशैंको शुभकामना आदानप्रदान गर्ने उद्धेश्य सहित विद्यालय प्रांगणबाट शुरु गरिने सो दौड महिलाका लागि ३ किलोमिटर तथा पुरुषहरुका लागि ५ किलोमिटरको दुरी निर्धारण गरिएको छ ।


विद्यालयका संस्थापक सल्लाहकार तथा कार्यक्रम संयोजक नेपाली सेनाका कर्णेल विष्णुबहादुर कार्कीका अनुसार सो दौडमा १५ वर्षदेखि माथिको उमेरका महिला तथा पुरुषले भाग लिन सक्नेछन । कर्णेल कार्कीका अनुसार सो दौडमा अभिभावक तथा वर्तमान या सेवा निवृत्त सुरक्षाकर्मी समेतले भाग लिन पाउनेछन । यसैगरि महिला तथा पुरुषका लागि ५ किलोमिटरसम्म हिँड्ने प्रतियोगिता पनि समावेश गरिएको छ ।


प्रतियोगितात्मक सो दौडका १७ वटा विधामा पहिलो, दोस्रो र तेस्रा हुनेलाई ट्रफि, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । यसका लागि ५१ वटा ट्रफिकको व्यवस्था मिलाइएको छ ।


यसै सिलसिलामा मंगलबार उज्ज्वल तारा स्कुलमा काँडाघारी क्षेत्रका सुरक्षाकर्मी,  खेलकुदसंग सम्बन्धी संघ संस्था तथा स्थानीय जन प्रतिनिधिहरुलाई सहभागी गराइ छलफल कार्यक्रमको आयोजना गरियो । छलफलमा संयोजक कर्णेल कार्कीले दौडका विविध पक्ष तथा सुरक्षा र प्रतियेगिताका सहभागीहरुको स्वास्थ्यसंग सम्बन्धी विविध विषयमा प्रकाश पारेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan