Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेशको राजधानीबारे अहिले बोेल्न मिल्दैन ः मुख्यमन्त्री पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २४ बुधबार | (रासस)
newsabhiyan

हेटौँडा, २४ असोज : प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा प्रदेशसभामा छलफल भइरहेकाले यसबारे आफूले अहिले केही बोल्न नमिल्ने बताउनुभएको छ ।

टिस्टुङ महोत्सवको आज नगरपालिकाका बज्रबाराहीमा उद्घाटन गर्दै उहाँले यस क्षेत्रको विकासका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले कुन्छाल, कुलेखानी, थानकोट चित्लाङ सडकको स्तरोन्नति एक वर्षभित्र पूरा गरिसक्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले प्रदेशको राजधानी हेटौँडा नहुने भए थाहा नगरलाई विकल्पका रुपमा अगाडि सार्न सकिने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले विकासको नाममा पुराना कुरा मास्दै गइरहेकाले यस्ता कुरा जोगाउन पनि महोत्सवको अह्म भूमिका रहने उल्लेख गर्दै दु्रतमार्गलाई कुलेखानीमा जोड्ने सरकारको लक्ष्य रहेको धारणा व्यक्त गर्नुभयो ।

थाहा नगरपालिकाका प्रमुख लबसेर विष्टले महोत्सवले आफ्नै मौलिकतालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

टिस्टुङ महोत्सव मूल आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

चार दिनसम्म चल्ने महोत्सवमा टिस्टुङलाई चिनाउने र प्रबन्धक गर्ने कक्षसहित १६० वटा कक्ष रहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा ५० हजारले अवलोकन गर्ने लक्ष्य आयोजकको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan