Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारलाई छठ मनाउन दिन्छौँ, त्यसपछि समर्थन फिर्ता गर्छौँ : नेता कर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ, २५ असोज । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले छठसम्म आफूहरुले भनेअनुसारका माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।

अहिलेको सरकारले कामभन्दा पनि भाषण बढि गरेको आरोप लगाउँदै कर्णले तोकिएको समयसिमाभित्र माग पूरा गराउन सरकारसँग माग पनि गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले संविधान संशोधन र मुद्धा फिर्ता लिने काम तत्काल गर्न सरकारसँग माग गरे ।

मधेशी, जनजाती र उत्पिढित वर्गलाई गुलामी राखेर देशको विकास हुन नसक्ने भन्दै कर्णले संविधान संशोधन अपरिहार्य रहेको जिकिर गरे ।

राज्यले मधेशी जनतामाथि शोषण र अन्याय गरेको आरोप लगाउँदै कर्णले सबै जनताको अधिकार प्राप्त नभएसम्म देश विकास नहुने बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan