Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्याननको शाखा नेपालमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार | (रासस)
newsabhiyan

काठमाडौँ, २५ असोज । क्याननका लागि आधिकारिक बिक्रेता प्रोम्याक्स इन्टरनेशनलले थप सेवा दिने उद्देश्यले शाखा नेपालमा विस्तार गरेको छ ।

सिङ्गापुरमा उत्पादित क्यानन इमेज स्क्वायरको शाखाको आज नेपालका लागि क्याननका निर्देशक एलेक्स चानले उद्घाटन गर्नुभयो ।

कम्पनीले सेवाग्राहीको फोटोग्राफीसम्बन्धी चाहनालाई पूरा गर्ने उद्देश्यले सो शाखा स्थापना गरिएको जनाएको छ ।

कम्पनीबाट उत्पादित क्यामेराले सेवाग्राहीलाई आफ्ना महत्वपूर्ण क्षणलाई कैद गरी स्मरण गर्न मद्दत पु¥याउनुका साथै प्रयोगात्मक अनुभूति दिलाउने क्याननले जनाएको छ ।

क्यानन कम्पनीका क्यामेरा विगत २५ वर्षदेखि नेपालमा बिक्री हुँदै आएको छ । कम्पनीले आज प्रेस विज्ञप्तिमार्फत कम्पनीको विस्तारबारे जानकारी गराएको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan