Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनधारामा खुल्यो सिटीसी मोबाइल हब, दशैं धमाकामा ६० प्रतिशतसम्म छुट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ असोज । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्टमात्रामा निःशुल्क पार्किङ सहित राजधानीको सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ ।

मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहितएक कार्यक्रमका बिच बिहीबार सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो ।

मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पुर्व सन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिती जनाएको हो । नयाँ मोवाइल गन्तव्यका रुपमा लिइएको मोबाइल हबले भारी छुट सहित मोबाइल मेला सुरु गरेको हो ।

असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने छन् । शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोला प्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिनेछ ।

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निःशुल्क पार्किङ पर्याप्त मात्रामा उपलब्ध हुनेछ ।

सबैभन्दा धेरै ब्राण्ड, सबै भन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्वबजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हबमा उचित गन्तव्य बन्ने छ ।

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइलमर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनको समेत व्यवस्था छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan