Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार | (रासस)
newsabhiyan

सुर्खेत, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताउनुभएको छ ।

प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आउनुभएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताउनुभयो ।

“हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ”, उहाँले भन्नुभयो, “यसका लागि यहाँस्थित सबैले योगदान पु¥याउनु पर्दछ ।” उहाँले कर्णाली प्रदेश सरकारसँगको बैठकमा सरकारको आवश्यकतामा मद्दत गर्ने, प्रदेशको सरकारको संरचना निर्माणमा सहयोग पु¥याउने, कर्णाली विकासको ५–१५–५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय भएको बताउनुभयो । योजनाभन्दा कार्यान्वयन र परिणामसमेत महत्वाकाङ्क्षी हुनुपर्नेमा शर्माले जोड दिनुभयो ।

“कर्णाली प्रदेशमा हाल पूर्वाधारका साथै जनशक्ति अभाव छ । कर्मचारीको पुनःसंरचना हुनसकेको छैन”, उहाँले भन्नुभयो, “सङ्घर्ष र छलफलका बीचबाट रुपान्तरणको अभियान थाल्छौँ ।” कर्णालीमा ३३ प्रतिशत मात्र कर्मचारी आएको बताउँदै उहाँले अब प्रदेश सरकारले आफँैले कर्मचारी भर्ना गर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले नेकपाको कमिटीले तल्लोस्तरसम्म पूर्णता नपाएको र पार्टी स्थायी कमिटीको आगामी कात्तिक ४ गते बस्ने बैठकले सबै टुङ्गो लगाउने जानकारी दिनुभयो ।

कार्यक्रममा उहाँले अब पार्टीभित्र कुनै गुट नहुने र यो विधि विधानसँग चल्ने बताउनुभयो । कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, डा पूण्य रेग्मी, डा कुशेन्द्र महत र डा गोविन्द वियोगीको सहभागिता रहेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan