Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सन्राइज बैंकको थप दुई शाखा विस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असोज । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा बझाङको चैनपुर र जुम्लामा शाखा संचालनमा ल्याएको छ । शुक्रबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच चैनपुर शाखाको जय पृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्का तथा जुम्ला शाखाको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले उद्घाटन गर्नुभयो ।

यो समेत गरी बैंकको शाखा संख्या ९७ वटा पुगेको छ । साथै बैंकको नेपाल अधिराज्य भर ११० वटा एटिएम, चार वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यसैगरी सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan