Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कता गयो अनुगमन ? भाडा रेट ६ सय तिर्नुपर्ने १ हजार !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार | Patrapatrika
newsabhiyan
newsabhiyan

असोज ३०, काठमाडौं । दशैंमा घर फर्कने यात्रुसँग यातायात ब्यवसायीले मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाएका छन् । काठमाडौंबाट सिन्धुली हुँदै घर फर्कने यात्रुसँग ब्यवसायीले मनपरी भाडा असुल्ने गरेको पाइएको हो ।

सिन्धुली जाने यात्रुसँग ब्यवसायीले १ हजार रुपैयाँ भाडा लिंदै आएका छन् । अरु बेला यस रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका थिए । ब्यवसायीले अग्रिम टिकट बुकिङ समेत गरेका छैनन् । उनीहरुले सवारी साधन आएपछि भेडाबाख्रा खाँदेजस्तै खाँदेर गाडीमै पैसा असूल्ने गरेका छन् । यात्रुलाई टिकट पनि उपलब्ध गराउँदैनन् ।

काठमाडौं बस्दै आएकी सिन्धुलीकी दुर्गा थापा  कोटेश्वरस्थित टाटासुमो, बोलेरो, तथा हायस यातायात काउन्टरमा टिकट काट्न जाँदा यसै गरी ठगिइन् । उनी ३० गते घर फर्कन चाहन्थिन् । ब्यवसायीले १ हजार रुपैयाँ जम्मा गरेर जान भने । उनले टिकट मागिन् । तर ब्यवसायीले टिकट दिन नसक्ने बताए । ‘यो त ब्रम्हलुटै भयो,’ उनले भनिन्, ‘अहिलेसम्म मैले यस्तो मन परी देखेको थिइन ।

स्थिर सरकार आएका बेला ब्यवसायीले ब्रम्हलुट मच्चाएको टुलुटुलु हेरेर बस्नु परेको छ ।’ उनले सिन्धुलीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव र यातायात ब्यवसायी संघका अध्यक्ष गणेश पाण्डेलाई समेत गुनासो गरेको तर सुनुवाइ नभएको बताइन् । तीनकुनेस्थित हिलटप जुनार सहकारीका प्रबन्ध संचालक सुमनबिक्रम थापाले पनि घर फर्कन टिकट पाएनन् ।

उनलाई पनि चाबहिलस्थित काबेली डिलक्सको काउन्टरका कर्मचारीले १ हजार रुपैयाँ तिरे सिन्धुलीसम्म लगिदिने बताए । ‘यो त सरासर लुट हो,’ उनले भने, ‘सरकारले सिन्डिकेट हटाएको सुन्दा खुशी लागेको थियो । अहिले आफैंले महासिन्डिकेट भोग्नु पऱ्यो । पहिलो पटक सरकार नभएको अनुभूति भयो ।’   चाडवाडमा काठमाडौंबाट मात्र यात्रुहरु बाहिरिने र फर्कदा रित्तै हुने भएकाले बाध्य भएर केही रकम बढी लिनु परेको व्यवसायी बताउँछन् ।

व्यवसायीहरु एक हजार रुपैयाँको टिकट दिए प्रहरीले समाउने भएकाले रिजर्भ भनेर लानुपर्ने बाध्यता रहेको सुनाउँछन् । एक व्यवसायीले भने, ‘टिकट नकाटी लैजान्छौं । सबै काउन्टरले त्यसै गरेका छन् ।’ उनले सबै सवारी साधनका धनीले टिकट नकाट्न भनेको बताए ।   सिन्धुलीका लागि टिकट लिन चाबहिल पुगेका एक यात्रुले काउन्टरमा १ हजार रुपैयाँ भाडा मागिएपछि आक्रोशित हुँदै केहीबेर दोहोरो भनाभन समेत गरेको जिल्ला आएइपुगेका अधिकारकर्मी कृष्णहरि घिमिरेले सुनाए ।

ती यात्रुको भनाइलाई उद्दत गर्दै उनले भने ‘दशैं यात्रु लुट्ने सिजन हो रु अरु बेला ६ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा १ हजार रुपैयाँ किन तिर्ने रु’ उनले मुलुकमा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे, ‘सरकारले सिन्डिकेट हटाएको हो कि थपेको हो रु  यात्रुले सबै काउन्टरमा छापा मारेर ब्यवसायीको मनोमानी विरुद्ध ठूलै एक्सन लिनु पर्ने बताएका छन् । ‘सिन्धुली जाने हरेक सवारी साधनमा छापा मारेर यात्रुसँग टिकट माग्नु पर्छ,’ एक यात्रुले आक्रोसित हुँदै भने, ‘टिकट नभेटे तिनीहरुको रुट परमिट खारेज गरेर काराबाही गर्नु पर्छ ।’ 

छड्के चेकिङ्ग गरेर बढि भाडा, असूलेको, नअसूलेको बुझ्ने गरेको त्यस्तो पाइएमा कारबाही हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वरप्रसाद यादवले बताउनुभयो । रिजर्भ आएको भन्छन्, हामीले नेपालथोकदेखि नै चेकिङ्गमा कडाइ गरेका छौं उहाँले भन्नुभयो ।

बीपी राजमार्ग भएर पूर्वी नेपाल र तराइका जिल्लाहरुमा जानका लागि दशैंको समयमा दैनिक सरदर १५ हजार समेत सवारी साधन आवत, जावत गर्दछन् । समाचार कान्तिपुरमा छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan