Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुत्केरी र गर्भवतीका महिला लागि निशुल्क एम्बुलेन्स सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३० मंगलबार |
newsabhiyan

एकेन्द्र महता, असोज ३०, साँफेबगर, अछाम ।
अछामको चौरपाटी गाँउपालिकाले चौरमाण्डौ प्राथमिक स्वास्थ्य चौकीबाट सेवा लिन आउने सुत्केरी महिला र आकस्मिक गर्भवती सेवाका लागि निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

स्वास्थ्यलाई मध्ये नजर राख्दै गाँउपालिकाका सात वटै वडाका गर्भवती महिलाको लागि गाँउपालिकाले निशुल्क सेवा दिने गाँउपालिका अध्यक्ष हर्क बहादुर साँउदले बताउनुभयो । गाँउ कार्यपालिकाको बैठकले चौरमाण्डौ प्राथमिक स्वास्थ्य चौकीबाट सेवा लिन आउने सात वटै वडाको दर पनि तोकेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाका अनुसार वडा नं. १ सिउडीमा एक हजार, वडा नं. २ सोकटसम्म २५ सय, वडा नं. ३ गगुडासम्म १५ सय भाडादर निर्धारण गरिएको छ । वडा नं. ४ पायलसम्म १२ सय, वडा नं. ५ लुंग्रासम्म १२ सय, वडा नं. ६ दुनि चौखुट्टेसम्म २ हजार र वडा नं. ७ मार्कुसम्म २ हजार तोकेको छ । गाँउपालिका देखि वयालपाटा अस्पतालसम्म ३ हजार ५ सय र मंगलसेन अस्पतालसम्म ६ हजार रुपैयाँ भाडा तोकिएको छ ।

जिल्ला बाहिर सिलगढीसम्म ५ हजार, धनगढीसम्म १२ हजार, नेपालगञ्ज सम्मका लागि १५ हजार भाडा तोकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । एम्बुलेन्स गत असारमा खरिद गरिएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan