Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मंसिर १५ गते भित्र चौरपाटी गाँउपालिकामा बस र ट्रक सञ्चालन गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३ शनिबार |
newsabhiyan

एकेन्द्र महता, अछाम ।
चौरपाटी गाँउपालिका अध्यक्ष हर्कबहादुर साँउदले चौखुट्टे –चौरपाटी– पायल–चित्रे सडकको स्तर उन्नती गरी मंसिर १५ गते भित्र यात्रु वाहक बस र माल वाहक ट्रक सञ्चालनमा ल्याउने बताउनु भएको छ ।

शनिवार उपभोक्ता समिति गठन गर्ने क्रममा अध्यक्ष साँउदले गाँउपालिका जनताहरुले सडककै कारणले भने जस्तो काम गर्न नसक्ने हुदाँ आगामी दिनमा जनतालाई सहज रुपमा सेवा प्रदान होस भन्ने उद्देश्यले सडकको स्तर उन्नती गर्न लागेको बताउनु भयो । चौखुट्टे –चौरपाटी– पायल–चित्रे सडकको स्तर उन्नतीका लागि कामको सबै जिम्मा ठेकेदारलाई दिईने भएको छ । कामको जिम्मा एउटैलाई दिए अनियमिता र गुणस्तरीय कार्य नहुने हुदाँ रेख देख तथा अनुगमनको जिम्मा उपभोक्ता समितीलाई दिइने भन्दै काम पूर्ण रुपमा सम्पन्न भए मात्र अन्तिम भूक्तानी दिईने अध्यक्ष साँउदको भनाई रहेको छ ।

गाँउपालिकामा बस र ट्रक सञ्चालनमा आए गाँउपालीकाको पायल, लुंग्रा, सिउडी, सोकटका साथै डोटीको पोखरी लगायतका स्थानिय वासीलाई सहज हुने अध्यक्ष साँउदले दावि गर्नु भयो ।


अध्यक्ष साँउदले चौरपाटी गाँउपालिकाको विकासको लागि जनप्रतिनिधी एक्लैले मात्र काम गर्न नसक्ने भन्दै जनताका माग र आवश्यकता अनुसार काम गरिने र विकासका लागि जनताहरुको साथ चाहिने बताउनु भयो । उहाँले गत बर्षका उपभोक्ता समितीको कार्य संतोषजनक नभएको भन्दै यो आर्थिक बर्षका योजनालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि काम गर्न सक्ने उपभोक्ता समितीलाई मात्र जिम्मा दिने बताउनु भयो ।


चौरपाटी गाँउपालिकाको आम भेलाले गाँउपालिका स्तरीय योजनाहरुको उपभोक्ता समिती गठन गरिएको छ । चौरपाटी गाँउपालिका अध्यक्ष हर्कबहादुर साँउदको अध्यक्षतामा भएको भेलाले चौखुट्टे–चौरपाटी सडक स्तर उनन्ती निर्माण समितीको लागि चेतमान बोगटीको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिती गठन गरेको छ । सचिवमा वल बहादुर साँउद, कोषध्यक्षमा भाना कुमारी साँउद, सदस्यमा जगत आउजी, सन्तु देवी आउजी, गुमा देवी वोगटी लगाएतका पदाधिकारी रहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan