Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यस्तो रह्यो दशैं पछिको पहिलो सेयर कारोवार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ४ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौ, कात्तिक ४ । दशैंपछि पहिलो दिन खुुलेको सेयर बजारमा आज सुधार आएको छ । नेप्से सुचक आज चार दसमलव ८९ अंकले बढेर १२ सय ४६ दसमलव ५२ अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव १८ अंकले बढेर दुुई सय ६५ दसमलव २८ अंकमा पुुगेको छ ।

एक सय २४ कम्पनीहरुको २२ हजार चार वटा कारोवारमा सात लाख सात सय २३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १४ करोड पाँच लाख ४९ हजार २९ रुपैयाँ पुुगेको छ ।


१० वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको कारोवार सुचक घटेर पाँच वटा समुहको कारोवार सुुचक बढेकाछन । बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ३७ अंकले बढेर ११ सय छ दसमलव ७२ अंकमा पुुगेकोमा ११ करोड ७२ लाख ५७ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक पनि दुई दसमलव १८ अंकले बढेर १४ सय ८८ दसमलव ६७ अंकमा पुुगेकोमा २५ लाख ४५ हजार आठ सय ६० रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि बढेकाछन ।

जलबिद्युुत समुहको सुचक भने आज ११ दसमलव ३३ अंकले घटेर १३ सय ४९ दसमलव १४ अंंकमा पुुगेकोमा ३२ लाख नौ हजार दुुई सय ५० रुपैयाँको सेयर कारोवार भएको छ । यि बाहेक निर्जिवन बीमा, होटल, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि घटेका छन । 


आज बढी कमाउने कम्पनीको सुचीमा भार्गभ बिकास बैंक परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा मिर्मिरे लघुुबित्त बित्तीय संस्था परेको छ । रकम कारोवारका आधारमा भने आज प्रभुु बैंक अग्रस्थानमा परेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan