Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सञ्चारकर्मी ‘तेजु’को अवस्था अझै अज्ञात

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ४ आइतबार |
newsabhiyan

डोटी, ४ कात्तिक (रासस) ः बडीमालिका मेलाबाट बेपत्ता भएका डोटीका सञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको दुई महीना हुन लाग्दासमेत उहाँको अवस्था अझै अज्ञात छ ।

गएको भदौ ९ गते बाजुरास्थित बूढीनन्दा मेलाबाट घर फर्किने क्रममा बेपत्ता भएका खड्काको अवस्थाबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन् । उहाँकोे खोजीका लागि सरकारी निकायको लापर्वाही देखिएको तथा खोजी र छानविनका लागि गठन भएको मिसन टोलीको समेत उदासिनता देखिएको आरोप डोटीका सञ्चारकर्मीको छ ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्षसमेत रहनुभएका खड्काको खोजी कार्यमा ध्यान दिन विभिन्न निकायलाई आग्रह गरिएको युनियनका जिल्ला अध्यक्ष प्रकाश बमले बताउनुभयो । प्रेस युनियनमा आबद्ध सञ्चारकर्मी खड्काको खोजीका लागि युनियका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको नेतृत्वममा केही महीना अघि मिसन टोली बनाइएको थियो ।

सो टोलीले धनगढी हुँदै घटनास्थल रहेको बाजुरा जिल्लासम्म जाने भने पनि त्यहाँ नपुगेको भन्दै डोटीका सञ्चारकर्मी निरास भएका हुन् । सरकारले ‘तेजु’ को खोजी कार्यमा खासै चासो नदेखाएको प्रेस युनियनको आरोप छ ।

सञ्चारकर्मी खड्का बेपत्ता भएपछि नेपाली सेनाको हेलिकप्टर र सुरक्षा निकायको टोली पठाएर छानविनको प्रयास गरिएको थियो । टोलीले स्थलगत अध्ययन गरे पनि हालसम्म उहाँको अवस्था वारे ज्ञात हुन सकेको छैन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan