Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटन प्रवद्र्धनमा नगरपालिकाको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार |
newsabhiyan

धम्बोझी, ५ कात्तिक (रासस) ः तारातालमा पर्यटक बढेसँगै बर्दियाको मधुवनको नगरपालिकामा नौ वडालाई मिलाएर बनाइएको मधुवन नगरपालिकाभित्र विकासे योजनालाई अहिले तीव्रता दिन थालिएको छ ।

ताराताल हेर्न आउने पर्यटकको घुइँचो रहेकाले नगरपालिकाले ताललाई संरक्षण र भौतिक निर्माणका लागि विशेष योजना ल्याएको नगरप्रमुख गणेश क्षेत्रीले बताउनुभयो । उहाँले नगरपालिकाले सबै वडामा गरी करीब रु २१ करोड बराबरका विकासे योजना तर्जु गरी पर्यटकीय क्षेत्रमा विशेष कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, कृषि खेलकूद उद्योग व्यापार, रोजगारलगायतका विभिन्न क्षेत्रमा गरी अन्य ठाउँका स्थानीय तहभन्दा फरक शैलीमा ठूलो धनराशि खर्च गर्न लागिएको बताइएको छ ।

फरक शैलीमा जनप्रतिनिधिसँगै कर्मचारीले काम गर्न थालेपछि अहिले सामाजिक, अािर्थक र भौतिक विकास, धार्मिकस्थल पर्यटकीय क्षेत्रले विकासको गति लिन थालेको छ ।
नगर प्रमुख खत्रीले आगामी शैक्षिक सत्रदेखि मधुवन नगरपालिकाभित्र पर्ने ३१ वटै सामुदायिक विद्यालयमा अनिवार्यरुपमा अङ्गे्रजी माध्यमबाट पढाइ गराउने गरी पहल भइरहेको बताउनुभयो ।
यस्तो प्रकारको शिक्षण विधिले सामुदायिक र निजी क्षेत्रमा सञ्चालित विद्यालयबीचको अन्तर कम हुने विश्वास लिइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan