Saturday 19th of January | २०७५ माघ ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेको दुुबै सुचक घट्यो, कारोवारका आधारमा भने आज प्रभु बैंक पहिलो स्थानमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, कात्र्तिक ५ ।  नेप्सेको दुबै सुचक घटेको छ । आज सोमबार नेप्से एक दसमलव ९८ अंकले घटेर १२ सय ५४ दसमलव ४१ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव २८ अंकले घटेर दुई सय ६५ अंकमा पुगेको छ ।

एक सय ४१ कम्पनीहरुको तीन हजार चार सय ९९ वटा कारोवारमा सात लाख ३० हजार तीन सय ९९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १६ करोड ९८ लाख ७८ हजार नौ सय ९० रुपैयाँ पुगेको छ । 


११ वटै समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी आठ वटा समुहको सुचक घटेका छन । बाँणिज्य बैंक समुहको सुचक एक दसमलव छ अंकले घटेर ११ सय पाँच दसमलव ३४ अंकमा पुग्दा ११ करोड १७ लाख २५ हजार रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि चार दसमलव ६६ अंकले घटेर १३ सय ४९ दसमलव १४ अंकमा पुग्दा ७२ लाख ४६ हजार एक सय रुपैयाँको सेयर कारोवार भएको छ ।

ट्रेडिङ, निर्जिवन बीमा, उत्पादनमुुलक, अन्य, लघुबित्त र जीवन बीमा समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने सात दसमलव १४ अंकले बढेर १४ सय ९७ दसमलव ४८ अंकमा पुगेकोमा ८१ लाख ९३ हजार छ सय ६० रुपैयाँको सेयर कारोवार भएको छ ।

होटल र फाईनान्स समुहको सुचक पनि बढेका छन । आज बढी कमाउने कम्पनीको सुचीमा नेपाल सेवा लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ । रकम कारोवारका आधारमा भने आज प्रभु बैंक पहिलो स्थानमा परेको छ ।   


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan