Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्रीद्वारा सभाकक्षको शिलान्यास

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार |
newsabhiyan

दाङ, ५ कात्तिक (रासस) ः प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्येक गाउँपालिकामा यस वर्ष सभाहल बनाउन र बहुउद्देश्यीय खेल मैदान बनाउनका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने बताउनुभएको छ ।

पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेमा सभाकक्षको एक समारोहबीच आज शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेललेसभाहल र बहुउद्देश्यीय खेल मैदानका लागि आवश्यक पर्ने जमीन भने गाउँपालिकाले नै व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले निकट भविष्यमा बबई गाउँपालिकालाई नगरपालिका बनाउन सकिने बताउँदै सोही बमोजिम संरचना निर्माण र जग्गा व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

बबई गाउँपालिका दाङको विकट ठाउँका रुपमा परिचित भए पनि पछिल्लो समय विकासले गति लिएको बताउँदै मुख्यमन्त्री पोखरेलले खेतीपातीका लागि जमीन भाडामा लिनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan