Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

के हो प्रदेश २ को कुरो ? यी प्रदेशमन्त्री पनि कड्किए! 'हामीलाई दास बनाउने प्रयास नगर्नुस्'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ । प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले संघीय सरकारले जे भन्यो त्यही मान्न नसकिने स्पष्ट पारेका छन् ।

संघीय सरकारसँग प्रदेश २ को सरकारको दुरी बढिरहेका बेला मन्त्री रामनरेशले संविधानअनुसार प्रदेश सरकारले काम गरिरहेको दावी गर्दै केन्द्र सरकारको दसत्व नसहने बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रामनरेशले जनताले दिएको म्याण्डेट र संविधानको भावनाअनुसार काम गर्दा रोक्ने प्रयास गरिएको आरोप लगाए ।

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डलाई संकेत गर्दै उनले भने, “प्रदेश नम्बर २ को सरकार कसैको दास होइन । संघीय सरकार वा राजनीतिक दलका नेतालाई भ्रम छ भने हटाए हुन्छ । हामी जनताको दास हौँ, संघीय सरकारको होइन ।”

नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ को सरकारलाई ओभरटेक नगर्न चेतावनी दिएका थिए ।

प्रचण्डप्रति आक्रोषित देखिएका रामनरेशले १७ हजार जनता मारेर पनि कुनै काम नगरेको आरोप लगाए । प्रचण्डले सस्तो नारा बाँडेर अहिले प्रदेश सरकारलाई दास बनाउन खोजेको पनि आरोप लगाए ।

मन्त्री रामनरेशले संविधान संशोधनका लागि पनि जोडदार माग गरेका छन् । उनले प्रदेश २ को सरकारले जनताको हितमा काम गरिरहेको दावी पनि गरे ।

केन्द्र सरकार नै संघीयता असफल बनाउन लागिपरेको आरोपसमेत उनले लगाएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan