Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनआरएनएको तेश्रो अफ्रिका बैठक युगान्डाको कम्पालामा हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १६ शुक्रबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

गैरआबासिय नेपाली सङ्घको तेस्रो अफ्रिका बैठक यही डिसेम्बर २९  - ३० , २०१८ मा पुर्बी अफ़्रिकि मुलुक युगान्डाको राजधानी शहर कम्पालामा सम्पन्न हुने भएको छ ।

अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय समिती , अन्तरास्ट्रिय समितीका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको पनि सहभागिता रहने बैठकको मुल बिषय " बिकासका अनुभवहरु एक आपसमा साटदै " हुनेछ । जस अनुरुप अफ़्रिकिन र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले अफ़्रिकि बिकास र त्यहा केही रास्ट्रहरुमा  भइ रहेको द्रुत गतिको आर्थिक बिकासको अनुभवहरु बारे कार्यपत्र पेस गर्ने छन ।

त्यसैगरी नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नु परिरहेका समस्याहरु , मानव तस्करी र अफ्रिकन पर्यटन उधोगका अनुभव र नेपालमा अफ़्रिकिन लगानी बारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिएका छन ।  

 कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपाल  बाट परराष्ट्र वा श्रम मन्त्री मध्य एकलाइ निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत बताएका छन ।             

बैठक एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आथित्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी संघका युगान्डा अध्यक्ष  राजमणि    भन्डारीले जनाएका छन । बैठकका मुल कार्यक्रम लगाएत अफ्रिकन र नेपाली कलाकारहरुले प्रस्तुत गर्ने सास्कृतिक कार्यक्रम र नेपाली भाषा साहित्य माथी गोष्ठी समेत कार्यक्रममा  आयोजना गरिनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan