Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजनीतिक स्थायीत्वको अपेक्षा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १७ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । छठसम्म संविधान संशोधनप्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने सत्तारुढ दल राष्ट्रिय जनता पार्टी(राजपा)ले स्पष्ट पारेको छ ।

सरकारले उल्लेखनीय काम गर्न नसकेको र आफूहरुले प्रस्तुत गरेका मागका विषयमा सरकारले बेवास्ता गरेको आरोप राजपा नेताहरुले लगाइरहेका छन् ।

संविधानमा आफ्ना मागहरु नसमेटिएको बताउँदै आएको राजपाले संविधान संशोधन गर्ने सर्तमा सरकारलाई समर्थन गरेको थियो । त्यो सर्त छठसम्म पुरा नभए समर्थन फिर्ता लिने तयारीमा राजपा छ ।

राजनीतिक मुद्दा सम्बोधन नभएसम्म आर्थिक समृद्धि र विकास हाँसिल हुन सक्दैन । अहिले सरकारका काम गराई हेर्दा अलमल र द्धिविधामा परिरहेका देखिन्छ चाहे त्यो संघियता कार्यान्वयनमा होस् वा अन्य कुनै विषय ।

प्रदेश सरकार सञ्चालनका लागि संघीय सरकारले बाधा पु¥याइरहेको प्रदेश सरकारहरुले आरोप लगाइरहेका छन् ।

संघीयता कमजोर बनाउने खेलमा सरकार नै सक्रिय हुन थालेको सत्तारुढ दलका असन्तुष्ट नेताहरुले नै अभिव्यक्ति दिन थालिसकेका छन् । प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याएर संघीय सरकारलाई दबाब दिएको छ ।

संघले आवश्यक कानुन बनाएर प्रदेशलाई दिनु पर्ने समयमा नदिएपछिको विरोध र दवावका रुपमा यसलाई बुझ्नु पर्छ ।

अहिलेको सरकार दुई तिहाईको भएकाले आम नागरिकले ठुलो अपेक्षा राख्नु स्वभाविक हो । तर, सरकारले राम्रो काम गर्नुको साटो पछिल्लो समय हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढेपछि जनतामा आक्रोषको पारो बढनु पनि स्वभाविक मान्नु पर्छ । तर, ५ वर्षमा गर्ने काम ६ महिनामै गर्न सकेन भनेर असफल भनिहाल्न भने हुदैन ।

हुने विरुवाको चिल्लो पात भनेझै छोटो अवधिमा गरेको कामको मुल्याङ्कनले सरकारको दिशा कतातिर गइरहेको छ भन्ने पत्ता लगाउन सकिन्छ । सरकारले अहिलेसम्म १६ वटा मौलिक हक, नीति, कार्यक्रम र बजेट बनाउने बाहेक अन्य कुनै काम गर्न सकेको छैन ।

मुलुकले समृद्धिको दिशा समात्न समस्या धेरै छन् । प्रतिपक्षीको गाली र आलोचनाले सरकार विचलित हुने भन्दापनि दबाबलाई सकारात्मक रुपमा लिएर आफ्नो बाटोमा अगाडि बढ्नु पर्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan