Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नगरपालिकाको मोबाइल एप्स

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १८ आइतबार |
newsabhiyan

लमजुङ, १८ कात्तिक (रासस) ः बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।
कार्यालयको गतिविधि र स्थानीयवासीको जनगुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको हो । प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि एप्स सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । नागरिकलाई कार्यालयको सूचना, नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कामको विषयमा जानकारी गराउने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगरका काममा पारदर्शीताका लागि एप्स राम्रो माध्यम रहेछ । यसमा नगरपालिकाको बजेटदेखि सबै विवरण राखिएको छ ।” एप्समा नगरपालिकाको परिचय, नगरपालिकाले दिने सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानून, वडा विवरण, नगरपालिकाका महत्वपूर्ण स्थान र आपत्कालीन नम्बर समावेश गरिएको सूचना प्रविधि अधिकृत मुकेश कुँवरले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan