Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्योकुसिन कराते टोली बंगलादेश जाने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० कात्तिक ।    सत्रौं एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएका छन् ।

नोभेम्बर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय कराते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजनामा हुने प्रतियोगितामा राजु तुलाधरले टिम व्यवस्थापक तथा चन्द्रश्याम डंगोल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan