Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अजय बुढाथोकीले नेपाललाई रजतपदक दिलाए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, २० कात्तिक : इन्डोनेसियामा भएको चौँथो भोभिनम एशियन च्याम्पियनसिपमा नेपालका अजय बुढाथोकीले रजत पदक हात पारेका छन् ।

इन्डोनेशियाको बालिमा भएको खेलमा उनले ७२ केजी तौल समूहमा नेपाललाई पदक दिलाएको नेपाली टोलीका प्रशिक्षक सिताराम हुमागाइले जानकरी दिनुभयो ।

उहाँका अनुसार अन्तिम खेलमा भियतनामका खेलाडीसँग पराजित भएपछि बुढाथोकीले नेपाललाई रजत पदक दिलाएका हुन् ।

बुढाथोकी क्वाटरफाइनलमा बाई पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए । त्यस्तै उनले सेमिफाइनलमा कम्बोडियाका खेलाडीलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

बुढाथोकीले यसअघि पनि मिक्स मार्सल आर्टमा विभिन्न पदक जित्नुका साथै विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाई सकेका छन् ।

त्यसैगरी बुढाथोकी र पुकार हुमागार्इं सेट फाईट विधामा पनि नेपाललाई कास्य पदक दिलाउन सफल भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता जनाएका पुकार हुमागार्इंको भने यो पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

उक्त प्रतियोगितामा विभिन्न १७ राष्ट्रको सहभागिता रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan