Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२ हजार भन्दा बढी शरणार्थीको डुबेर मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार | Patrapatrika
newsabhiyan
newsabhiyan


कार्तिक २१, काठमाडौं । यूरोप जाने क्रममा सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसागर क्षेत्रमा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले जनाएको छ ।

मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको राष्ट्रसङ्घले उल्लेख गरेको छ ।

राष्ट्रसङ्घ शरणार्थी निकायका प्रवक्ता चार्ली याक्सलेका अनुसार गत हप्ता पनि स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस वर्ष मृत्यु हुनेको सङ्ख्या दुई हजार भन्दा बढी भएको हो ।

यस वर्ष यूरोप पुग्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार व्यक्ति रहेका पनि उनले बताए । यस वर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको सङ्ख्या निकै बढेको यूएनएचसीआरले जनाएको छ । समाचार नेपाल समाचार पत्रमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan