Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पराराष्ट्रमन्त्री ज्ञवालीले गरे ‘मुसामसाल’ सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार |
newsabhiyan
newsabhiyan

लाक्पाजी शेर्पा, काठमाडौं, २१ कात्तिक । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको पर्यटन प्रबद्र्धनमा शेर्पा जातिले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

पर्यटन क्षेत्रको करा गर्दा सगरमाथा नमुनाको रुपमा रहेको र त्यसमा शेर्पा जातिको सहासिक भूमिकाले थप टेवा पुर्याएको उल्लेख गरे ।

राजधानीमा हिमालयन योक्पू फाउन्डेशन र मुसामसलाद्धारा आयोजित पुस्तक ‘मुसामसला’ को विमोचन कार्यक्रममा ज्ञवालीले पर्यटन प्रबद्र्धनका माध्यमबाट राज्यलाई समृद्धीतर्फ अग्रसर गराउन तर्फ सरकार एकमता भएर लागि परेको जनाए । प्र

मुख अतिथिको रुपमा कार्यक्रममा ज्ञवालीले अमेरिकन नागरिकहरुद्धारा लिखित मुसामसला पुस्तक सार्वजनिक गरे । सगरमाथा आधार शिविरसम्मको यात्राको क्रममा देखिएका दृश्यहरुलाई यात्रा संस्मरणको रुपमा लेखिएको पुस्तक विक्रीबाट प्राप्त रकम वाङछु शेर्पा मेमोरियल अस्पताल निर्माणमा खर्चिने जनाएको छ ।

कार्यक्रममा बोल्दै ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद यज्ञराज सुनुवारले पर्यटन व्यवसाय ीवाङछु शेर्पाको योगदानको चर्चा गरे । त्यस्तै, सोल दुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाग्यालजाङबु शेर्पाले सोलुखुम्बुको विकासमा वाङछु शेर्पाको भूमिकाको प्रशंसा गरे । उनले वाङछु शेर्पाकै कारणहालआफूले नेतृत्व गरेको नगर क्षेत्रको समृद्धीमा विशेष टेवा पुगेको स्मरण गरे ।

त्यस्तै, टाप्टिङका वडा अध्यक्ष मिङमार छिरी शेर्पाले वाङछु शेर्पा विकास र भिजनका धरोहर भएको भन्दै उनले देखाएको पथमा अघि बढेर बाँकी सपना साकार पार्न सबैले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । वडा अध्यक्ष शेर्पाले वाङछु शेर्पा मेमोरियल अस्पताल निर्माण पछि दुर्गम क्षेत्रको जनताले स्वास्थ्य समस्या खेप्न नपर्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपाल, हिमालयन उद्धार संघ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा पत्रकार संघ, नेपाललगायत दर्जनौं संघ संस्थाका प्रतिनिधीहरुको कार्यक्रममा सहभागि थिए ।

कार्यक्रमको उद्देश्यमाथि प्रस्टयाउँदै फाउन्डेशनका अध्यक्ष लाक्पा शेर्पा आफू आफ्नो पिताको बाँकी सपनाहरु पूरा गर्न हर तवारले लागिरहेको बताए । ‘सुविधा सम्पन्न अस्पताल, विद्यालय, विद्युत, सडकलगायत विकास निर्माणका क्षेत्रमा बुबाले कदम अघि बढाउनु भएको थियो । कतिपय सम्पन्न भएका छन् । कति अझै बाँकी छ । त्यसलाई पूरा गर्न म लागि रहने दृढता व्यक्त गर्दछु ।’

सोलुखुम्बुको टाप्टिङ १० खाम्दीङमा निर्माण भइरहेको अस्पतालको लागि अमेरिकी नागरिक र त्यसको संस्थाडब्लु एमएसले सहयोग गरिरहेको लाक्पाले सो अवसरमा जानकारी दिए । अस्पताल निर्माण छिट्टै सम्पन्न गरेर सेवा सूचारु गर्न संस्थालागि परेको बताए ।

कार्यक्रममा विविध सांस्कृतीक प्रस्तुतीका साथमा लेखकलाई सम्मान र अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो । वाङछु पिक प्रमोशन ट्रेकिङ एजेन्सीको प्रयोजनमा आयोजित कार्यक्रम होटल मुलभेरी ठमेलमा भएको थियो ।

को हुन वाङछु शेर्पा ?
टाप्टिङ १ च्याङवा सोलुखुम्बुमा जन्मिएका वाङछु शेर्पा हिमालयन योक्पु फाउन्डेशन, सगरमाथा आरोही संघ लगायत दर्जनौ संस्थाका संस्थापक हुन् । उनले च्याङवामा वाङछु शेर्पा विश्व दर्शन विद्यालय, वाङछु लघु जलविद्युत परियोजना, आधुनिक अस्पताल, खानेपानी योजनालगायत सञ्चालन गरेका थिए ।

त्यस्तै, सगरमाथा सफाई अभियान सञ्चालन र जलबायू परिवर्तनसँग सम्वन्धित मन्त्री परिषद्को बैठक कालापत्थरमा राख्न व्यवस्थिापकीय भूमिका निर्वाह गरेका थिए । उनले पिक प्रमोशन ट्रेकिङ एजेन्सीमार्फत नेपालको पर्यटनसँग नजिक रहेर काम गरे ।

पर्यटन प्रबद्र्धन, सम्बद्र्धन र विकासमा शेर्पाले योगदान पुर्याए । शेर्पाको केही समय अघि अबुद्र्ध रोगका कारण ४८ बर्षको उमेर निधन भयो ।

उनी अस्पतालमा हुँदा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधव नेपाल, उपप्रधानमन्त्री सिपि मैनाली, पर्यटन मन्त्री अनान्द पोखरेल, पूर्व मन्त्री अशोक राई, राजेन्द्र श्रेष्ठ, सांसदहरु र राज्यका उच्च पदस्थ अधिकारीहरु भेट्न पुगेका थिए । पर्यटन मन्त्रालयले उनलाई अस्पतालमै सगरमाथा संरक्षक उपाधीसहित सम्मान समेत गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan