Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय फोटो पत्रकार समूहको देउसी भैलो कार्यक्रम २०७५ सम्पन्न (फोटो/भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

कार्तिक २१, काठमाडौं । नेपालीहररुको दोस्रो महान चार्ड तिहारको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले देउसी भैलोको आयोजना गरेको छ ।

संस्था मार्फत देशैभरीका फोटो पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज नयाँ वानेश्वरस्थित एनएफपिजेका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकारको घरमा देउसी भैलोको आयोजना गरिएको हो । 

भैलोमा एनएफपिजेका पूर्व अध्यक्ष तथा सल्लाहकार कविन्द्रमान शाक्य, धादिङ शाखाका अध्यक्ष नारायण सिल्वाल, केन्द्रीय उपाध्यक्ष कृष्ण खड्का र महासचिव प्रदीजराज वन्त लगायत सहभागि हुनुहुथ्यो ।

भैलोमा लोक तथा दोहोरी गायक दिनेश थापा लगातयका कालाकारले आफ्नो प्रस्तुती दिएर मनोरञ्ज प्रदान गर्नुभएको थियो । सोही अवसरमा सल्लाहकार शाक्यले देशैभरी रहेका सम्पूर्ण फोटो पत्रकारहरुको क्षमता अभिवृद्धि र हक अधिकारका लागि एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

धादिङ शाखाका अध्यक्ष सिल्वालले केन्द्रका भन्दापनि मोफसलका फोटो पत्रकारहरुको क्षमता वृद्धिमा जोड दिनुका साथै फोटोपत्रकारीतामा सक्रिय रहेर काम गर्ने पक्षसंग सहकार्य गरेर अगाडी बढ्नु पर्छ भन्नुभयो । केन्द्रीय अध्यक्ष चित्रकारले शुभकामना व्यक्त गर्दै एनएफपिजेमा आवद्ध हुनका लागि देशैभरका सम्पूर्ण फोटो पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष चित्रकारको घरमा मात्रै आज आयोजना गरिएको देउसीबाट रु.३५,००० (पैतिस हजार रुपैयाँ) संकलन गरिएको समूहका कोषाध्यक्ष सागर श्रेष्ठले बताउनु भएको छ ।

 

for more photo click here

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan