Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल कठिन समूहमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार |
newsabhiyan

 काठमाडौँ, २१ कात्तिक (रासस) ः थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ ।

एशियाली फुटबल महासङ्घ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । उक्त छनौट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ । अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो ।

छनौट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । उक्त च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan