Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्यान युनाईटेडको म्यान सिटीसंग फराकिलो जित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार | Patrapatrika
newsabhiyan
newsabhiyan

कार्तिक  २२, काठमाडौं । सुनसरीमा आज एकै दिन चार करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । तिहारका लागि स्थानीय बारीमा उत्पादित सयपत्री र मखमली फूलले भारतीय फूलको आयातलाई ६० प्रतिशत विस्थापित गर्दै बुधबार एकै दिनमा करीब ४ करोड रुपैयाँको कारोबार भएको हो । 

फ्लोरिकल्चर एसोसिएसन सुनसरी सदस्य प्रेम पराजुलीका अनुसार धरानको कृषि उपज बजारमा धनकुटा र सुनसरीका विभिन्न क्षेत्रमा उत्पादित फूलको कारोबार ४ करोड रुपैयाँ बढीको भएको हो । गत वर्षहरुमा तिहारको बेला भारतीय फूलले घर सजाउने र चेलीले माइतीलाई लगाइदिने गरेका थिए । स्थानीय कृषकहरुले बढी मात्रामा फूलको उत्पादन गरेकाले यो वर्षको तिहार स्थानीय फूलले सजिन थालेका छन् ।  सुनसरीको धरान आसपासका क्षेत्रहरु विजयपुर, पानबारी, विष्णुपादुकाबाट मात्र कम्तिमा ३० लाख रुपैयाँ बढीको फूलको उत्पादन भएको पराजुलीले बताउनुभयो ।

विजयपुर क्षेत्रमा करीब अढाई बिघा भन्दा बढी क्षेत्रमा सयपत्री, मखमली फूल फुलाईएको थियो । उहाँले भन्नुभयो, ‘आयातित भारतीय फूलको दबदबा यो वर्षको तिहारमा ६० प्रतिशत विस्थापित भएको छ । यसरी नै स्थानीय किसानले फूलको खेती गर्न थालेमा केही वर्षमा भारतीय फूल पूर्णरुपमा विस्थापित हुने छ ।’   विगतका तिहारमा पूर्वमा आकर्षक बनाइएको भारतीय फूलमै निर्भर हुने गरेको थियो । यसपाली स्थानीय फूल व्याबसायी कृषकहरुले व्यापक रुपमा खेती गरेकाले तिहारमा ताजा फूल प्रयोग गर्न पाएका छन् ।  गत वर्षको तुलनामा पूर्वमा फूल धेरै उत्पादन भएको छ । पूर्वका पहाडी क्षेत्र र तराईमा पनि अरु वर्षको तुलनामा मनग्ये फूल फुलेकाले गत वर्षको तुलनामा भारतको कोलकत्ताबाट ल्याइने फूलको खपत घटेको छ ।

व्यावसायिक रुपमा तयार गरेर चिस्यानमा राखिने भएकाले भारतीय फूल आकर्षक देखिने गरेकाले उपभोक्ताहरु लोभिने गरेका थिए । कतिपयले भारतीय फूलमा फर्मालिन प्रयोग गरिने भएकाले लामो समय नओइलिने गरेको बताउने गरेका छन् । फर्मालिनलाई कुनै पनि पदार्थ सडिन वा कुहिनबाट जोगाउनका लागि प्रयोग गरिने रासायनिक पदार्थ हो । फ्लोरिकल्च एशोसिएशनका सुनसरी सदस्य प्रेम पराजुलीले भारतीय फूल आयात गर्न सरकारले रोक नलगाए पनि यसपटकको तिहारमा स्थानीय फूलको बजार सन्तोषजनक देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानहरुले फूलबाट बढी नै आम्दानी गरे ।

फूलको उपभोग वर्षेनी बढेकाले स्थानीय किसानहरुले फूलको खेती पनि बढी नै गर्न थालेकाले भारतीय फूलको दबदबा घट्दै गएको छ ।’ विजयपुृरका फूल उत्पादक दुर्गा लिम्बुले भारतीय फूल भन्दा स्थानीय फूल बढी बिक्री भएको बताए । उनले भने, ‘तिहार अलि ढिलो भएकोले पनि कृषकहरुले रोपेका प्राय फूल सबै फुलेका छन् । मौसमले राम्रो साथ दिएकोले पनि कृषकले राम्रो दाम फूलबाट पाएका छन् ।’युभेन्टसलाई पराजित गर्दै म्यानचेष्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ । गएरातीको जितपछि समुह एचको दोस्रो स्थानमा रहेको म्यान युनाईटेडको ७ अंक भएको छ भने हार पछि पनि युभेन्टस ९ अंकमा शीर्षमा कायम छ ।

खेलको ६५ औं मिनेटमा युभेन्टसका क्रिष्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएपनि म्यान युनाईटेडका लागी जुवान माटाले ८६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । लोबो सिल्भाले ८९ औं मिनेटमा आत्मघाती गोलको उपहार दिएपछि महत्वपूर्ण खेलमा म्यान युनाईटेड विजयी भयो । समुह एचकै अर्को खेलमा भ्यालेन्सियाले योङ्ग बोईजलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । ५ अंकमा तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको नकआउट चरण प्रवेश सम्भावना पनि कायमै छ ।  समुह एचको खेलमा म्यानचेष्टर सिटीले साख्तर डोनेष्कलाई ६ शुन्य गोल अन्तरले पराजित गर्‍यो ।

उसको जितमा गाब्रिएल जेसुसले ह्याट्रिक गरे । जित पछि सिटी ९ अंकमा समुह एचको शीर्ष स्थानमा कायम छ । सोही समुहको अर्को खेलमा लियोन र हाफेनहेमले २–२ को बराबरी खेलेपछि अन्तिम १६ मा स्थान बनाउन सिटीले अर्को खेलसम्म कुर्न पर्ने भएको छ ।  समुह जि को रियल मड्रिडले भिक्टोरिया प्लेजेनलाई ५ शुन्य गोल अन्तरले पराजित गर्‍यो । करिम बेन्जिमाले दुई गोल गरेको खेलमा केशमेरो, ग्यारेथ बेल र टोनी क्रसले एक एक गोल गरे । सोही समुहको अर्को खेलमा रोमाले सीएसके मस्कोलाई २–१ ले पराजित गर्‍यो ।

मड्रिड र रोमाको समान ९ अंक भएको छ ।   समुह ई को खेलमा बार्यर्न म्युनिखले एईके एइथेन्सलाई २–० ले पराजित गर्दा सोही समुहको अर्को खेलमा अजाक्स बेन्फिकासंग १–१ गोलको बराबरीमा रोकियो । शीर्ष स्थानको बार्यर्नको १० अंक भएको छ भने बराबरीले अजाक्सलाई ८ अंकमा दोस्रोमा झारेको छ । समाचार कान्तिपुरमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan