Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दमकलबिहीन नगरपालिका !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा , चितवन, २२ कात्तिक । यहाँको विभिन्न नगरपालिकाहरुमा पर्याप्त मात्रामा दमकल नहुँदा स्थानीय बासिन्दा आगो लागिहाले के गर्ने भन्ने दोधारमा हुन्छन् । विकास निर्माणमा प्रयोग हुने ठूलाठूला उपकरणलगायत अन्य उपकरण

नहुँदा आगलागी नियन्त्रणका लागी नभई नहुने दमकलबिहीन छ । पूर्वी चितवनका घर, कलकारखाना, पसल, उद्योग तथा प्रतिष्ठानहरुमा आगलागी भइहाले भरतपुर महानगरपालिकाको दमकल गुहार्नुपर्छ । आगलागी भएर खरानी भइसकेपछि दमकल आइपुग्ने बाध्यता यहाँ रहेको छ ।

गत वैशाख महिनामा भएको चारवटै नगरपालिकाका मेयरहरुको संयुक्त बैठकले पूर्वी चितवनमा एउटा सामूहिक दमकल ल्याउने लिखित सहमति गरेका थिए । तर, सहमति भएको ६ महिना हुँदा पनि दमकल ल्याउने प्रक्रिया सुरू भएनन् ।

बैठकले स्थानीय विकास मन्त्रालय अर्थात् नेपाल सरकारमार्फत भारतीय दूतावासबाट दमकल सहयोग माग्ने मेयरहरुले निर्णयसमेत गरेका थिए । तर, त्यो प्रक्रिया अहिलेसम्म सुरू हुन नसकेको रत्ननगरका मेयर नारायण वनले बताए । ‘दमकल ल्याउनु ठूलो विषय होइन’, उनले भने, ‘त्यसलाई सञ्चालन गर्न खर्चिलो हुने भएकाले चारवटा नगरपालिकाले एउटा संयुक्त दमकल ल्याउने योजना बनाएको हो ।’

एउटा दमकल सञ्चालनका लागि चालक, सहचालक र फायर म्यान गरी १२ जनाको जनशक्ति आवश्यक पर्ने र आर्थिक रुपमा एउटा नगरपालिकाले तीन जना कर्मचारी लाई मासिक तलब खुवाउने गरी दमकल सञ्चालन गर्ने सहमति भएको मेयर वनले बताए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan