Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल भारतसँग भिड्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार | (रासस)
newsabhiyan

काठमाडौँ, २२ कात्तिक : ओलम्पिकको एशियाली फुटबल छनोट खेलमा नेपाल अहिले भारतसँग खेलिरहेको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा नेपाल र भारतबीच खेल भइरहेको छ ।

अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोटका लागि नेपाली टोली अहिले म्यान्मामा रहेको छ । ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ’ए’ र ’बी’ मा पाँच÷पाँच राष्ट्र रहेका छन् भने समूह ’सी’ र ’डी’ मा चार÷चार टोली छन् ।

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुने समेत दोस्रो चरण पुग्नेछ । ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan