Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुगलानबाट फर्कँदा खेल सामग्री उपहार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार |
newsabhiyan

भीमदत्तनगर, २२ कात्तिक (रासस)ः कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्डहलमा ब्याडमिन्टनका राष्ट्रिय खेलाडी विवेक थापा (विक्की)ले सात वर्ष जुनियर खेलाडीलाई प्रशिक्षण दिनुभयो । स्वयमसेवक प्रशिक्षकका रुपमा जीवन धान्न सहज नभएपछि उहाँ दुई वर्ष अघि जागिरको खोजीमा भारतको बैङ्गलोर जानुभयो । मुगलानबाट तिहारमा फर्केका थापाले खेलाडीका लागि खेल सामग्री उपहार ल्याउनुभएको छ ।

“खेलाडीलाई सधैँ खेल सामग्रीको अभाव रहन्छ,” थापाले भन्नुभयो, “राहत पुगोस भनेर खेल सामग्री ल्याइदिएको हुँ ।” खेल सामग्री अभावकै कारण धेरैले आफ्नो प्रतिभा देखाउन नपाएको थापा बताउनुहुन्छ । नेपालमा विभिन्न राष्ट्रिय प्रतियोगिता खेलिसक्नु भएका थापाले गत वर्षदेखि भारतको बैङ्गलोरस्थित बैङ्गलोर व्याडमिन्टन एकेडेमीमा खेलाडीलाई प्रशिक्षण दिँदै आउनुभएको छ । प्रशिक्षण दिँदा पाएको तलवबाट उहाँले महेन्द्रनगरका खेलाडीका लागि खेल सामाग्री खरीद गर्नुभएको हो ।

बैङ्गलोरबाट ल्याएको २० थान कर्क, पाँच थान ¥याकेट, ग्रिप र दश थान टिसर्ट बुधबार कभर्डहलमा खेलाडीलाई हस्तान्तरण गर्नुभयो । “विगतमा खेलाडीलाई सिकाउँथे, अहिले थोरै भएपनि खेल सामग्री सहयोग गर्न पाउँदा खुसी छु ।” खेलाडीप्रतिको सद्भाव हुँदाहुँदै पनि कमजोर आर्थिक अवस्थाका कारण प्रशिक्षणलाई निरन्तरता दिन नसकेको थापाको भनाइ छ । ब्याडमिन्टनका धेरै खेलाडी जन्माएको कञ्चनपुरमा प्रशिक्षक नहुनु दुःखद कुरो भएको उहाँ बताउनुहुन्छ ।

तिहार बिदामा आउनुभएका थापाले अहिले जुनियर खेलाडीलाई अभ्यास गराइरहनुभएको छ । खेल सामाग्री पाएपछि खेलाडी खुसी छन् । हाल ब्याडमिन्टनका सिनियर खेलाडी दिलबहादुर धामीले समेत खेलाडीलाई बिनापारिश्रमिक प्रशिक्षण दिँदै आउनुभएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan